साप्ताहिक संवाददाता
नेपाली क्यानेडियन कम्युनिटि सर्भिस (एनसीसीएस, क्यानाडा) ले नयाा वर्ष २०७६ लाई स्वागत गर्न एउटा विशेष कार्यक्रम आयोजना गर्दैछ । यही अप्रिल १३ तारीख अर्थात चैत ३० गते शनिवार नयाँ वर्षको पूर्व सन्ध्यामा क्यानडाका नर्थ योर्क, टोरन्टोमा एउटा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ ।
ऊक्त कार्यत्रममा सहभागी हुन लोकप्रिय गायक कन्हैया सिंह परियार, लोकप्रिय गायिका अन्जना गुरुङ तथा लोकप्रिय कलाकार नारायण त्रिपाठीले आफ्नो उत्कृष्ट प्रस्तुति दिने भएका छन् ।
कार्यक्रममा मोडल अपेक्षा सिंहले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । अपेक्षाको यो पहिलो औपचारिक कार्यक्रम हुनेछ । उनले एउटा नेपाली गीतको म्युजिक भिडयोमा अभिनय गरिसकेकी छिन् । कार्यक्रममा केही स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
‘नेप्लीज न्यू इयर २०७६–धमाका’ शीर्षकको ऊक्त कार्यत्रम स्थानिय समय अनुसार साँझ ६ बजेदेखि प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको आयोजक संस्थाले जनाएको छ ।