साप्ताहिक संवाददाता
भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको एक दिन पहिले चलचित्रको ‘ए मेरो हजुर’ बोलको शिर्ष गीत सार्वजनिक गरिएको हो ।
गीतमा उदयराज पौडेलको एरेञ्ज, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत तथा प्रतिक पौडेलको शब्द र प्रताप दासको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालगायतलाई देखाइएको छ । खचाखच भरिएको दर्शकको क्राउडसहितको भिडियो निकै आकर्षक वनेको छ ।
स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्, सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही चलचित्रवाट निर्माता थापा र निर्देशक तथा अभिनेत्री झरनाले छोरी सुहानालाई नेपाली चलचित्रमा डेव्यु गराउँदै छन् । चलचित्रमा अनमोल केसीको डबल रोल रहेको छ ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।