साप्ताहिक संवाददाता
नयाँ वर्ष २०७६ लाई स्वागत गर्न भोलि शनिबार न्यू इयर इभ विशेष कार्यक्रमहरू आयोजना भैरहेका छन् । काठमाडौं, पोखरा, चितवन (सौराहा) लगायत देशका प्रमुख सहरका मुख्य होटल तथा रेस्टुराँले नयाँ वर्षलाई स्वागत गर्न विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।
न्यू इयर्स इभ सेलिब्रेसन
स्थान : किङ्स लाउन्ज, दरबारमार्ग
आकर्षण : सांगीतिक समूह माउन्ट ८८४८ को विशेष प्रस्तुति समय ः राति ८ बजे
आरम्भ विद म्युजिकल एन्ड कमेडी नाइट
स्थान : आरम्भ रिसोर्ट, नयाँ गाउँ, बुटवल
आकर्षण : जितु नेपाल, कमल खत्री, वसन श्रेष्ठ, डिजे ब्ल्याक तथा सुमन श्रेष्ठको विशेष प्रस्तुति समय : साँझ ६ बजे
नेप्लीज न्यू इयर्स इभ नाइट
स्थान : क्लब डेजा भू, दरबारमार्ग
आकर्षण : बेलायतका डिजे बिक्कीसँगको ग्रान्ड डान्स पार्टी समय : साँझ ६ बजे
न्यू इयर्स इभ नाइट
स्थानः इन्द्रेणी फुड ल्यान्ड, नयाँ बानेश्वर
आकर्षण : लाइभ ब्यान्डसँग गायक कर्मा रुम्बाको प्रस्तुतिका साथमा डिजे सेसन
समय : ७ बजे
नेपाली न्यू इयर इभ
स्थान : एलओडी, ठमेल
आकर्षण : गायक बिपुल क्षेत्रीको लाइभ कन्सर्ट, साथमा डिजेहरू विधान, सुरेन, केबिनट तथा अनिष
समय : राति ८ बजे
अवाकेनिङ नेपाली न्यू इयर–२०७६
स्थान : होटल याक एन्ड यति
आकर्षक : केटिएम लाइभ इन्टरटेन्मेन्टको विशेष प्रस्तुति समय ः राति ८ बजे
न्यू इयर्स इभ–२०७६
स्थान : कर्मा लाउन्ज, त्रिपुरेश्वर
आकर्षण : ग्रटा टेडेस्चीका साथमा एनएस ११३४ सहित डिजेहरू उमे, सिजन, नाना, अनिष तथा रोहितको प्रस्तुति समय ः ७ बजे
टुबोर्ग ओपन सेसन लाइभ बाइ आर्बिट्ररी
स्थान : होटल अन्नपूर्ण
आकर्षण : सांगीतिक समूह १९७४ एडी, कबवेब, केञ्जल मेहर श्रेष्ठ, स्वप्न सुमनका साथमा डिजे सेसन समय : ५ बजे
न्यू इयर्स इभ पार्टी
स्थान : मोजो बुटिक होटल, पुरानो बानेश्वर
आकर्षण : धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा आयोजित विशेष कार्यक्रम जसमा मंकी टेम्पल समूहको विशेष प्रस्तुतिका साथमा डिजे सेसन
समय : ५ बजे
रोयल एनवाईई–२०७६
स्थान : रोयल इम्पायर बुटिक होटल, काठमाडौं
आकर्षण : लोक फ्यूजन ब्यान्डको प्रस्तुतिका साथमा डिजे सेसन
समय : साँझ ५ बजे