साप्ताहिक संवाददाता
१. विप्लवको उदय
२. आफ्नै सानो दोकान खोलियो ।
महेन्द्र थुलुङ
उपलब्धि शून्य नै रह्यो, मात्र ०७५ को ठाउँमा ०७६ लेख्न पाइने भयो ।
मनिष श्रेष्ठ
प्रधानमन्त्रीले उखान–टुक्का सुनाएर जनतालाई उल्लू बनाउन सक्नु नै ठूलो उपलब्धि भयो ।
शंकर खड्का
उपलब्धि भन्ने कि दुर्गति भन्ने स–परिवार विदेश लागियो ।
राई रमेश
दुइवटा उपलब्धि :
१. विवाह गर्नु परेन
२. जापान काण्ड १ र २ हेर्न पाइयो ।
चन्दा गौतम
आफूलाई यो ७५ मा अत्यधिक आर्थिक संकट आइपर्यो । यसको दीर्घकालीन असर मेरो जीवनभर पर्नेछ । त्यही हो उपलब्धि ।
कुमार अविरल
आफू त बेरोजगार, बेरोजगार भत्ता लिएर बचेखुचेको पैसाले एउटा कार किनेर चढ्ने सपना बुनेको छु । यसैलाई उपलब्धि मान्नुपर्ला ।
दिलिप प्रजापति
जागिरका कारण व्यक्तिगत स्वार्थमा लिप्त भएको अनुभव गरियो तसर्थ जागिरबाट अलग भएर निःस्वार्थ सामाजिक सेवामा लाग्ने प्रण गरियो ।
उमेश थापा
होली वाइन, वाइड बडी, बाराको हुरी, ताप्लेजुङ दुर्घटना, लगानी सम्मेलनको अंग्रेजी यस्तै–यस्तै त हुन् ।
श्याम अधिकारी
आफूले स्नातकोत्तर सकेको वर्ष रह्यो— २०७५ ।
रोशन राई
एक वर्षभरि २०७५ लेख्न पाइयो ।
मोहन
१. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास हुनु,
२. जापानसँग श्रम सम्झौता गरिनु ।
हरीश ऐर
नेपाली क्रिकेट टिमले युएईविरुद्ध वान डे तथा टी–२० सिरिजमा ऐतिहासिक सफलता प्राप्त गर्नु नै २०७५ को सबैभन्दा ठूलो उपलब्धि हो ।
रमन श्रेष्ठ
लोडसेडिङको अन्त्य ।
योगेश राइ
१. नयाँ नेपालको सपना देखाइनु ।
२. नयाँ नेपालको सपना देखाउनेहरू नै निदाउनु ।
३. परनिर्भरताको पराकाष्ठा ।
४. चीनसँगको नाका नखुल्नु ।
कम्पनी दर्ता
निर्मला पन्त प्रकरणका दोषी पक्राउ नपर्नु ।
दीपेन्द्र प्रसाद
चलचित्रकर्मी, नेता तथा पत्रकारहरूको नाटकलाई मान्दा बेस होला ।
आर्जु रिजाल
विवाह गरियो, दुनियाँको कहिले बिहे गर्छस् भन्ने जिज्ञासा शान्त पारियो ।
दीपक तामाङ
मैले साप्ताहिकको यो प्रश्नको उत्तर दिन पाउनु अनि तपाईंले प्रकाशन गर्न पाउनु नै मुख्य उपलब्धि हो ।
सुदिप तामाङ
सबै अझकल्टो भएको छ । चाहे विकास निर्माणको कुरा गरौं वा अन्य उपलब्धिको । नभएको केहि छैन तर राम्रोसँग भएको पनि केही होइन ।
हरि थापा
प्रधानमन्त्रीको उखान–टुक्कामा चाहिँ प्रगति भा’को छ ।
संजीव श्रेष्ठ
नानी, पानी र जवानी सबै गुमायो देशले ।
सुभाष चौधरी
पानीजहाज कार्यालयको स्थापना ।
इश्वर श्रेष्ठ
हामी जनता हत्या, हिंसा, बलात्कार, प्राकृतिक विपत्तिजस्ता अनेकौं पीडाबाट गुज्रिरहँदा सरकारचाहिँ सुशासनको एवार्डदेखि लिएर भ्रष्टाचार, घुसपैठ आदिको खेलमा रमाउने प्रयासमा देखियो ।
निर्माला बराल
२ केजी पेट बढ्यो । उन्नति, प्रगति, समृद्धि, उपलब्धि— जे भने पनि यही हो ।
सिकारु दाइ
यो वर्ष पनि मेरो विवाह भएन ।
सुस्केरा
एकपटक फेरि हावाहुरी चल्यो । हुरीले देशका सयौं बासिन्दाको बास भताङभुतुङ पारिदियो । अब सुन्दै छु, सहयोगका लागि हात फिजाउँदै छ सरकार । अब सहयोग उपलब्ध हुन्छ विदेशबाट, अनि फेरि नेताहरूलाई दसै आउँछ ।
विश्व पौडेल
सम्झनलायक उपलब्धि केही छैन । महँगी र छोराछोरीको बढ्दो स्कुल फीले पीडा दिन्छ । गएको वर्षको तुलनामा यो वर्ष डबल नै ऋण थपिएको छ ।
सन्तोष सिंखडा