साप्ताहिक संवाददाता
युटुबको चर्चित प्र्यांकस्टर अलिश राईको प्र्यांक भिडियो नहेर्ने मान्छे विरलै होलान् । उनले सामाजिक विषयलाई लिएर मानिसहरुसंग विभिन्न प्र्यांक गर्छन् र त्यी भिडियोहरु सामाजिक संजालमा निकै चर्चित छन्। उनका केहि चर्चित भिडियोहरु 'चुरोट किन खाइस् ?' र 'बाटो किन काटिस् ?' युटुबमा भाइरल समेत भएका थिए। प्र्यांक गर्ने बेलामा कहिलेकाही आफुले कुटाई समेत खाएको अलिश राई बताऊँछन्। उनले प्र्यांक गर्दा गर्दै कुटाई खाएको दृश्यहरु पनि उनको भिडियोमा समावेश छन्। हेर्नलाई निकै रमाइलो हुने उनका भिडियोले सामाजिक विषयलाई समेटेर नैतिकताको शिक्षा समेत प्रदान गर्दै आएको छ। उनका प्र्यांक विशेषत सार्वजनिक स्थलमा रहेका मानिसहरुमा केन्द्रित रहेको हुन्छ जहाँ उनी क्यामेरा लिएर मानिसहरुको अगाडि गएर कहिले 'चुरोट किन खाइस?' र कहिले अन्धाधुन्द बाटो काट्ने मानिसलाई ' बाटो किन काटिस्?' भन्दै हप्काएर भिडियो बनाउँछन्।
यस्ता प्र्यांकस्टर माथि नै प्र्यांक भएको सुन्दा अचम्म लाग्ला तर यस्तो वास्तव मै भएको छ। प्रसंग हो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शो कल कान्तिपुरको, जहा एलिश राई विशेष अतिथिको रुपमा उपस्थित थिए र उनी माथि प्रस्तोताहरुले प्रत्यक्ष प्रशारणमै प्र्यांक गरेका थिए। उनी माथि कस्तो प्र्यांक भयो र एलिश राईको प्रतिक्रिया कस्तो थियो ? पुरा भिडियो तल हर्नुहोस् :