साप्ताहिक संवाददाता
चैत्र ३०, २०७५
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आयोजित ‘मातृभूमि कप’ आज चैत ३० गते हुने भएको छ ।
चैत २३ गते शनिबार क्रिवि त्रिकेट ग्राउण्डमा हुने भनिएको खेल खराव मौसमका कारण स्थगित भएको थियो । नयाँ वर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगिताका लागि कलाकारहरू अभ्यास खेलमा जुटेको धुर्मुसले जानकारी दिएका छन् ।
प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले यो खेल हेर्न सकिनेछ ।