साप्ताहिक संवाददाता
लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । विकास थापाले लेखेको ‘हावाको झोँका’ बोलको गीत गायक ढकालको स्वरमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा के सी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो मार्फत परिवारमा आमाको भुमिकालाई दर्शाउन खोजिएको छ । श्रीमतीको मृत्यु शोकमा डुबेको एउटा श्रीमान । आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोराछोरी, एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यताहरू लगायतका दृष्य म्यूजिक भिडियोमा देख्न सकिन्छ । भिडियो हेर्दै गर्दा हाम्रै समाजको वास्तिविक कथा जस्तो लाग्छ ।
हावाको झोँकाको म्यूजिक भिडियो :