अभिनेत्री पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन । तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् ।
हालै मात्र उनी चलचित्र पोइ प-र्यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी हुन् । उनलाई तिमी सँगका निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्रका लागि सो रकम दिइएको हो । चलचित्रमा आकाश श्रेष्ठ र पुजा फाइनल भएका छन् । आकाशले १८ लाखमा यो चलचित्रमा काम गर्न राजि भएका हुन् ।
यथार्थ के हो ?
बजारमा आफ्नो स्टारडम बढाउनका लागी पुजाले यो नाटक रचेको हल्ला फैलिएको छ । यसअघि उनले चलचित्र सम्हालिन्छ कहिले मनका लागि उनले १५ लाख रकम लिएको बताइएको थियो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै चलचित्र रातो टिका निधारमाका लागि १६ लाख रकम बुझेकी थिइन् । नेपालका महंगा अभिनेत्रीको सुचिमा नम्रता श्रेष्ठपछि साम्राज्ञी र अब पुजा शर्माको नाम अगाडी आएको छ । वास्तवमा पुजाले यो रकम लिएकै हुन् त ? त्यो उनैलाई थाहा होला अथवा सम्बन्धित चलचित्र मेकर्सलाई ।
यसो भन्छिन् पुजा
पुजाले लिएको पारिश्रमिकको विषयमा विभिन्न टिका–टिप्पणी भएपछि अभिनेत्री पुजा शर्माको आधिकारिक भनाईका लागी हामीले उनलाई फोन ग-र्यौ । उनले सामान्य विषयबस्तुलाई ठुलो विषय बनाएको बताइन् । उनले भनिन्, ‘नायकहरुले जति लिएपनि हुने ? त्यहि ठाउँमा अभिनेत्रीले वुझेपछि किन ठुलो विषय बनाएको ?’ उनले मिहेनत सवैभन्दा ठुलो कुरा भएकाले काम अनुसार पारिश्रमिक लिएको बताइन् । अहिले महंगी कति बढेको छ ? पहिरन देखी हरेक कुरा छोइन नसक्नु छ भन्ने कुरा त सबैलाई थाहा छ नी ? उनले फेरी थपिन्, ‘पारिश्रमिक कति भन्दा पनि चलचित्रमा कति खटेर काम गरिएको छ, त्यो महत्वपुर्ण विषयबस्तु हो ।’ महिनौं दिनसम्म दिनरात काम गर्दा यो रकम लिनु सामान्य रहेको पुजाको तर्क छ ।
पुजाका चलचित्र कति हिट ?
उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन सार्वजनिक हुने तरखरमा छ । पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्रको एउटा मात्रै हो भन्न सकिन्छ, प्रेमगीत । त्यस बाहेक अझैपनि, चंखे शखे पंखे, मधुमासले पोस्टर टाँस्न खर्च हुने माडको पैसा पनि उठाउन सकेनन् । रामकहानी, म यस्तो गीत गाउँछुले ठिकठाकै नतिजा निकालेको थियो ।
पारिश्रमिक बढाउने भुत
सुरुमा अभिनेताहरुले आफ्नो पारिश्रमिक बढाउने होड चलाए । त्यसपछि अभिनेत्रीहरुमा यो भुत चलेको छ । आजभोली नेपालका अभिनेत्रीहरुले पनि आफ्नो पारिश्रमिक भटाभट बढाउन थालेका छन् । नेपालको चलचित्रको बजारमा यति अचाक्ली बढेका हिरो हिरोइनलाई पाल्न सक्ने खान्की छ त ? नेपाली चलचित्रका शुभचिन्तक भन्छन्, 'यो असाध्यै ठिक हैन, पारिश्रमिक वढाएर आफ्नो स्टारडम वढाउनु आत्मरतीमा रमाउनु बाहेक केहि हैन ।’ अहिले अनमोल केसीको ४५, प्रदीप खड्काको ४५, पल शाहको २५, विपीन कार्कीको २०, दयाहाङ राइको १५, सौगात मल्लले १० लाख पारिश्रमिक बुझ्छन् जस्ता खबर दिनदिनै मिडियामा आउने गरेका छन् । आधिकारिक उनिहरुले कति बुझ्छन् भन्ने कुरा अहिलेसम्म कसैले बोल्न सकेका छैनन् ।