साप्ताहिक संवाददाता
भारतिय अदालतको आदेश लोकप्रिय भिडियो एप टिकटकमा गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको बताइएको छ ।
चीनको बाइटेडेन्स टेक्नोलोजीको सो एप बन्दले यसको मुख्य बजार नै संकटमा पर्ने अवस्था उत्पन्न भएको छ । स्थानीय अदालतले यही अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । त्यसमा यसले पोर्नोग्राफीलाई प्रवर्द्धन गरेको जनाएको थियो । एक व्यक्तिले यसलाई रोक लगाइनुपर्ने भन्दै अदालतमा सार्वजनिक चासोको मुद्दा हालेपछि अदालतले सो आदेश दिएको थियो ।
त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् । सो एप अझैपनि एप्पलको प्लेटफर्ममा मंगलबार साँझ सम्म पाइएको थियो ।
तर, गुगल प्ले स्टोरमा भने उपलब्ध थिएन । गुगलले एक वक्तव्यमा कुनै निश्चित एपका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ । एप्पललाई भने यसबारेमा टिप्पणी गर्न आग्रह गर्दा कुनै प्रतिकृया दिएन ।
गुगलको पछिल्लो निर्णयका बारेमा टिकटिकले पनि कुनै प्रतिक्रिया जनाउन चाहेन । टिकटकले छोटो भिडियो बनाउने र त्यसलाई शेयर गर्ने गर्दछ जुन भारतमा निकै लोकप्रिय रहेको छ ।
(रोयटर्सबाट)