साप्ताहिक संवाददाता
वैशाख ४, २०७६
नेपाली कथानक चलचिक्र ‘वीर वित्रम–२’को गीत रिलिज भएको छ । जेठ ३ गते रिलजि हुने चलचित्रको ‘वाचा’ बोलको गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा ताराप्रकाश लिम्बूको संगीत, नरेश भट्टराईको शब्द रहेको छ । उक्त गीत तारप्रकाश लिम्बू र दीपा लामाले गाएका छन् ।
अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी गीतको भिडियोमा फिचर्ड छन् । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
‘वीर विक्रम–२’ मा पल र वर्षासँगै नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, बुद्धि तामाङ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई मिलन चाम्सले निर्दशन गरेका हुन् ।
चलचित्रको गीतको भिडियो :