साप्ताहिक संवाददाता
वैशाख ४, २०७६
भारतिय अभिनेत्री सारा अली खानको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो ।
उनले बाइकमा बस्दा हेल्मेट लगाएकी थिइनन् । यस बिषयमा उनी बिरुद्ध दिल्ली प्रहरीमा उजुरी परको छ ।
प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको बताएको छ । कात्तिक आर्यनले चलाएको बाइकमा सारा बसेकी थिइन् ।
सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेको थिए । उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् ।