साप्ताहिक संवाददाता
वैशाख ४, २०७६
क्रिष्टियानो रोनाल्डोको युभेन्टस च्याम्पियन्स लिगको यात्रा क्वाटरफाइनलमानै रोकिएको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टस अजाक्ससँग २–१ ले पराजित भएपछि समग्रमा ३–२ को हारले उसको यात्रामा विराम लगाएको हो ।
हारसँगै पाँच पटकका विजेता रोनाल्डोको छैटौं पटक उपाधि जित्ने सपनामा विराम लागेको छ । उनले यसअघि ३ फरक क्लबबाट पाँचपटक उपाधि जितेका थिए ।
रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडबाट एक तथा रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका हुन् ।