साप्ताहिक संवाददाता
वैशाख ५, २०७६
चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कलाकारहरु गौरव पहारी, अनु शाहको साथमा कलाकारहरु सरोज खनाल र रवि गिरी लाई समेटिएको छ ।
यो चलचित्रले मजदुरको कथालाई देखाउन खोजेको छ । आर.बी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र पसिनामा शान्ता ढकालले लगानी गरेकी हुन् । संजय महत्तो चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद रहेको छ । यो चलचित्र बैशाख २७ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।
पसिनाको ट्रेलर: