साप्ताहिक संवाददाता
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । चलचित्रको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रौलाको शब्द रचनामा विकास चौधरीद्धारा संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ । टिपीकल शब्द भएका कारण यो गीत जनजिब्रोमा झुण्डिने गायक सुसनको विश्वास छ ।
उदय सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । नयाँ युवा पीडिको चाहाना बमोजिम टिनएजको कथा उठाएर यो पटक आफू प्रस्तुत भएको निर्देशक सुब्बाले बताए ।
चलचित्रमा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन् । यो चलचित्र आगामी असार २७ गतेबाट अल नेपाल रिलिजको प्रचारमा छ ।
चलचित्रको सार्वजनिक गीतको भिडियो :