वैशाख ६, २०७६
अभिनेता अनमोल केसीको चलचित्र क्याप्टेनले ओभरसिजको प्रदर्शन बेलायतबाट सुरु गरेको छ । चलचित्र बेलायतको अल्डरसर्टस्थित प्रिन्सेस हलमा शनिवार रेड कार्पेट प्रिमियर गरिएको थियो जसमा अभिनेता अनमोल केसी तथा भुवन केसीले सहभागिता जनाए । नेपालमा मिश्रित फ्रतिवृया पाएको क्याप्टेनले युकेको पहिलो शोबाट राम्रो प्रतिक्रिया पायो । फुटबलमा आधारित फ्यामेली ड्रामासहित देशप्रेम समेटिएकाले पनि यसले प्रवासी दर्शकको मन छोएको हुन सक्छ ।
चलचित्र फ्रदर्शनअघि कार्यव्रम सञ्चालिका निया देवानसंगको अन्तर्क्रियामा अभिनेता केसीले ‘विगतका चलचित्रहरूमा अभिनेत्रीका लागि फाइट गर्थें भने यो चलचित्रमा देशका लागि फाइट गरेको छु’ भन्दा दर्शक दीर्घाबाट ताली बर्सिएको थियो । उक्त अवसरमा प्रशंसकहरू अनमोललाई भेट्न उपहार सहित स्कटल्यान्डदेखि आएका थिए ।