साप्ताहिक संवाददाता
वैशाख ८, २०७६
सफल चलचित्र लुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरूमा आफ्नो बिकिनी पोजका कारण भाइरल भएकी छिन् । लुकाछिपीमा कार्तिक आर्यनसँग स्क्रीन सेयर गरेकी कृति चाँडै पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग अर्जुन पटियालामा देखा पर्दैछिन् ।
यतिबेला मालदिभ्समा छुट्टी मनाइरहेकी कृतिले भाइरल भएको आफ्नो उक्त तस्बिर आफैंले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । मालदिभ्समै खिचिएको उक्त तस्बीरमा कृति निलो रंगको स्वीमसुटमा देखिन्छिन् ।