साप्ताहिक संवाददाता
पानीले ओरालो खोज्छ अर्थात् माफियाकै पैसाले चुनाव लड्ने दलहरूलाई माफियाको आशीर्वाद सधैं चाहिन्छ, अन्यथा सत्ता प्राप्ति सपना मात्र हुन्छ ।
वशिष्ठ
हाम्रो देश नेपाल हो भन्नसमेत लाज लाग्न थालिसक्यो, देश बेच्नेहरूले सरकारी जग्गा बेच्नु के नौलो कुरा भयो र ?
कविराम मगर
माफियाका सरदार सत्तामा भएपछि बालुवाटार माक्र होइन, टुँडिखेल, सिंहदरबार सबै व्यत्तिका नाममा लान्छन् । लुट्न सके लुट भन्या यही हो ।
चैतेन्द्र पौडेल
के भन्नु ? हामीले भनेर के नै हुन्छ र ? मलाई त लाग्दैछ एयरपोर्ट र टुँडिखेल पनि कुन–कुन नेताको नाममा छ ?
कुमार बुढाथोकी
इमान्दार भनेर चिनिएका विष्णु पौडेलले त भुमाफियाको सहजताका लागि क्यबिनेट नै प्रयोग गरे भने भ्रष्ट भनिएका नेताहरूले केसम्म गरेनन् होला ?
भवेश्वर लम्साल
प्रमकै साँठगाँठमा माफियाको बोलवाला बढेको हो । यसलाई त सामान्य मानौं न, हाम्रो स्वाभिमान त खोसिएको छ, सरकारी जग्गा हड्पिएको कुरा के गर्नु ?
गोविन्द अधिकारी
प्रायःजसो दलका कार्यकर्ता ठेकेदार, जग्गा दलाल, माफिया, हुन्डी कारोबारीहरू भएको कसैबाट लुकेको छैन । संरक्षण दलहरूबाटै भएको छ । गुठीको र नदी–किनाराको जग्गा सकिएपछि अब भू–माफियाहरू यस्तै जग्गामा लागेका रहेछन् । बेच्दै जाँदा त्यहाँसम्म पुगेका हुन्, यो त्यति ठूलो विषय होइन । जनता ठगिउन्जेल समाचार बनेन, अब केको रुवाबासी ?
ध्रुव काफ्ले
त्यही अवसर आइलाग्यो त के गर्नु ? पाए भने चन्द्रमा पनि बेच्छन् माफियाहरूले, नेपालको त के कुरा भो र ?
टेकराज कोइराला
कर्णाली बिक्री भयो, सप्तकोसी बिक्री भयो, देशका सिमानाका किल्ला बिक्री भए र देशका ठूलाबडा भन्ने बिक्री भैरहेका छन् । यो कुन् नौलो कुरा हो र ?
विश्वास पौडेल
यसमा सरासर सरकारको गल्ती छ । सरकारले नै भ्रष्टाचारीसँग मिलेर काम गरिरहेको छ । दुईतिहाइको सरकारले हजारौं तिहाइ भ्रष्टाचार गरेको छ । विकास र समृद्धिको नारा लगाउँदै गाउँदेखि सहरसम्म लुटपाट र आतंक मच्चाएको छ ।
आर पाण्डे
योचाहिँ समृद्धितर्फको फड्को हो ।
मिलन
राम्रो हो । अब राष्ट्रपति निवासको जग्गा पनि हडप्नुपर्छ अनि प्रम निवास र राष्ट्रपति निवास खाली गराउन भू–माफियाहरू डोजर लिएर त्यहाँ पुग्नुपर्छ । हामी जनता मात्र कहाँ–कहाँ ठगिनु यार !
अमर पोखरेल
यो त निकम्मापनाकै पराकाष्ठा भयो, तर खोज्दै जाने हो भने योभन्दा नीच तथ्य फेला पर्नेछ ।
जय कृष्ण
बालुवाटार किन्नेलाई हामीले जे भने पनि केही हुनेवाला छैन ।
सुवास पौडेल
नेताहरूको बेडरुमसम्मै माफिया, दलाल, तस्कर र भ्रष्टाचारीहरूको पहुँच छ । हामीले भनेर र नभनेर अब केही हुनेवाला छैन । विरोध अनि खबरदारी त भैरहेको छ । दलाल तथा माफियाहरूको जगजगीले देश चरम बेथितिमा छ । देश चलाउनेहरू नै यस्ता कार्यमा लिप्त भएपछि कसको के लाग्छ ?
वसन्त दसाप्कोटा
नेपालका नेता भन्नेहरू सबैको भू–माफिया, शिक्षा–माफिया, स्वास्थ–माफिया, बिचौलिया, कमिसनखोर तथा घुस्याहाहरूसँग महागठबन्धन छ । सबै गणतन्त्रको नाममा लुटेर खान निपूर्ण छन् । जनताको आँखामा पर्दा हाल्दैछन् । भोलि टुँडिखेल कुनै मन्त्रीले आफ्नो नाममा गर्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुनै मन्त्रीको नाममा होला ?
राम गुरुङ
कठैबरी ! विष्णु फसेछन्, अनुहार हेर्दा पनि फस्लान् जस्तै छन् । उनलाई त दलालले झुक्याएका हुन् । क्षतिपूर्ति दिएर सफाई दे सरकार र यो पनि नबिर्सिनु यदि सोझा जनता भएको भए यो मुद्दा कस्तो हुन्थ्यो ?
हरि थापा
नेकपा महासचिव पौडेल माफिया होइनन्, पीडित हुन्, उनलाई क्षतिपूर्तिबापत टुँडिखेल दिनुपर्छ ।
नवीन कुमार