साप्ताहिक संवाददाता
वैशाख ९, २०७६
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । राईले चलचित्र निर्माता प्रज्वल शम्सेर राणासँग लगनगाँठो कस्ने निधो गरेकी हुन् । रेनेशाद्वारा निर्देशित पहिलो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ का निर्माता हुन् प्रज्वल ।
उनी चलचित्र मेरो एउटा साथी छका निर्माता प्रभुशमशेर राणाका छोरा हुन् । रेनेशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए । रोचक कुरा के छ भने रेनेशाले प्रज्वलको बुवाको चलचित्र मेरो एउटा साथी छमार्फत कोरियोग्राफीमा पदार्पण गरेकी हुन् ।
उनीहरूले आगामी वैशाख २४ गते विवाह गर्ने निर्णय गरेका छन् । वैवाहिक जीवनमा प्रवेश गरेलगक्तै रेनेशा नयाँ चलचित्रको निर्देशनमा सत्रिय हुनेछिन् । प्रज्वलले नै निर्माण गर्ने आई एम ट्वान्टी वान रेनेशाकै निर्देशनमा तयार हुनेछ ।