निशा पाठक
मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१ हुन्— निशा पाठक । मालीगाउँ, काठमाडौंकी २२ वर्षीया निशा ५ फिट साढे ४ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण निशा नयाँ ठाउँ घुम्न, विभिन्न प्रकारका परिकार बनाउन तथा नृत्य गर्न रुचाउँछिन् । स्वाभिमानी नारी बन्न चाहने निशा सकारात्मकताले भरिएको संसारमा खुसीसाथ जीवन बिताउन चाहन्छिन् । ‘म आफ्नो सपना पूरा गर्न मिस नेपालको २५ औं श्रृंखलामा सहभागी भएकी हुँ,’ निशा भन्छिन्— ‘यो एउटा त्यस्तो प्लेटफार्म हो, जहाँबाट आवाजविहीन्रूका लागि आवाज उठाउन सकिन्छ ।’ निशा आफूलाई दयालु, कडा परिश्रमी तथा दबाबमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्ने युवतीका रूपमा चिनाउँछिन् । निशाले आफूलाई मिस नेपाल–२०१९ को विजेताका रूपमा समेत देखेकी छिन् । ‘मिस नेपाल मेरा लागि सपनामात्र नभएर उद्देश्य पनि हो, निशाको भनाइ छ— ‘उद्देश्य प्राप्तिका लागि म कडा मेहनत गर्न तयार छु ।’
एलिशा जोशी
२३ वर्षीया एलिशा जोशी मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–२ हुन् । ५ फिट ५ इन्च अग्ली एलिशाले बीबीए उत्तीर्ण गरेकी छिन् । यात्रा, नृत्य तथा संगीत उनको रुचिका विषय हुन् । पोखराकी एलिशाले भविष्यमा एउटी सफल मार्ग निर्देशकका साथै आत्मनिर्भर नारी बन्ने लक्ष्य लिएकी छिन् । ‘म सकारात्मक सोचका साथ आफ्नो सपना पूरा गर्न मिस नेपालमा आएकी हुँ,’ एलिशा भन्छिन्— ‘ममा भएको आत्मविश्वास र जिज्ञासु स्वभाव नै मेरा सकारात्मक पक्ष हुन् ।’ ‘म मिस नेपालको उपाधि विजेता हुनु पर्ने केही कारण छन्, एलिशा भन्छिन्— ‘म हरेक प्रकारका अवरोध छिचोल्न, सकारात्मक सोच उजागर गर्न तथा विश्वलाई नै सकारात्मकतातर्फ अग्रसर गराउन सक्षम छु ।’
सोफिया भुजेल
मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–३ हुन्— सोफिया भुजेल । ५ फिट ७ इन्च अग्ली सोफिया काठमाडौंकी स्थायी बासिन्दा हुन् । बिजनेस म्यानेजमेन्टमा स्नातक गरेकी सोफिया उत्प्रेरणा जगाउने शैलीका पुस्तक पढ्न रुचाउँछिन् । त्यसबाहेक उनी लेखनमा समेत दक्ष छिन् भने विभिन्न प्रकारका परिकार बनाउन पनि पोख्त छिन् । सफल महिला उद्यमी तथा समाजसेवी बन्नु उनको लक्ष्य हो । आफ्नो देश तथा जनताको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी हुँदै सबैलाई गौरवशाली बनाउने उद्देश्यले आफू मिस नेपालमा सहभागी भएको सोफियाको तर्क छ । सोफिया आफू वरिपरि भएका व्यक्तिहरूलाई प्रेरित गर्न यो प्रतियोगितामा आएकी हुन् । आफ्नो आत्मविश्वास, क्षमता तथा परिश्रमी स्वभावले आफूलाई मिस नेपालमा विजेता बनाउने कुरामा आत्मविश्वासी देखिन्छिन् सोफिया ।
रिया बस्नेत
काठमाडौंकी २३ वर्षीया रिया बस्नेत मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–४ हुन् । बीबीए उत्तीर्ण रिया ५ फिट ७ इन्च अग्ली छिन् । उपन्यासको अध्ययन, खेलकुद, यात्रा तथा नृत्य उनका सौख हुन् । भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी रियालाई मिस नेपालको प्लेटफर्म निकै शक्तिशाली लाग्छ । ‘म यहाँ आउनुको कारण आफ्नो उत्कृष्टता उजागर गर्नु मात्र होइन,’ रिया भन्छिन्— ‘ममा भएको ज्ञान तथा अनुभव बाँड्नु पनि हो । अन्तर्राष्ट्रिय क्राउनलाई नेपाल भित्राउन सक्दो प्रयास गर्नु पनि म यहाँ आउनुको अर्को कारण हो ।’ आफूमा भएको गतिशिलता र एकाग्रतालाई प्रयोग गर्दै आफ्नो लक्ष्य प्राप्त गर्नु उनको अर्को उद्देश्य हो । रिया भन्छिन्, ‘म यहाँ एउटा स्पष्ट लक्ष्यका साथ आएकी हुँ ।’ उनी आफ्नो मात्र प्रगति नभै विश्वभरि नै नेपालको नाम राख्ने अभियानका साथ यो प्रतियोगितामा आएकीले उनलाई आफ्नो उद्देश्यमा सफल हुनु छ ।’
संस्कृति घिमिरे
भैरहवाकी संस्कृति घिमिरे मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–५ हुन् । ५ फिट ४ इन्च अग्ली संस्कृति २३ वर्षकी भइन् । कम्प्युटर साइन्समा स्नातक गरेकी संस्कृति कामकाजी युवती हुन् । उनी दुई भिन्न संस्थामा टेक्निकल अफिसर तथा बिजनेश एनालिस्टका रूपमा कार्यरत छिन् । चित्रकला, गायन, यात्रा तथा बास्केटबलमा रुचि भएकी संस्कृति भविष्यमा सफल उद्यमी बन्न चाहन्छिन् । नेपालबाट पहिलो मिस वर्ल्ड बन्ने लामो समयदेखिको उद्देश्य पूरा गर्न उनी मिस नेपालमा सहभागी भएकी हुन् । ‘मैले मिस नेपाल बन्ने सपना मात्र देखेकी छैन, संस्कृति भन्छिन्– ‘मैले आगामी दस वर्षका लागि योजनासमेत बनाइसकेकी छु, जसका लागि मैले नेपालमा मिस वर्ल्डको उपाधि भित्र्याउनुपर्ने हुन्छ ।’
अनुश्का श्रेष्ठ
काठमाडौंकी २३ वर्षीया अनुश्का श्रेष्ठ प्रतियोगी नम्बर–६ हुन् । ५ फिट ५ इन्च अग्ली अनुश्काले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेकी छिन् । खाना पकाउनु, थ्रिलर चलचित्र एवं वेब सिरिजहरू हेर्नु तथा चित्रकला अनुश्काका सौख हुन् । कालो धनलाई सेतो बनाउने उद्योगका विरुद्ध उत्पादक व्यवसायी बन्ने उनको लक्ष्य छ । विगत पाँच वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा रहेर फाइनान्सियल सर्भिसमा कार्यरत अनुश्कालाई उनको लक्ष्य तथा उद्देश्य कुनै अर्कै क्षेत्रमा छ जस्तो लागेको छ, जहाँ पुगेर उनी बेग्लै प्रभाव छाड्न सफल हुनेछिन् । ‘म त्यो प्रभाव सिर्जना गर्न मिस नेपाल नै सबैभन्दा उपयुक्त प्लेटफर्म हो भन्ने निष्कर्षमा पुगेकी छु,’ अनुश्का भन्छिन्– ‘यहाँबाट मैले नेपालमात्र होइन विश्वभरि विकासका कार्यक्रम फैलाउन सक्छु । मिस नेपालका प्रायः सबै प्रतिस्पर्धीलाई उत्तिकै आत्मविश्वासी, सुन्दर तथा प्रतिभाशाली पाएकी छु,’ अनुश्का भन्छिन्, ‘म आफूमा भएको क्षमता उजागर गर्दै मिस नेपाल वर्ल्डको उपाधि चुम्ने प्रयास गर्नेछु ।’
जेनी महर्जन
काठमाडौंकी जेनी महर्जन मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–७ हुन् । २४ वर्षीया जेनी ५ फिट ७ इन्च अग्ली छिन् । पेशाले फर्मासिस्ट जेनीले फार्मेसीमा स्नातक गरेकी छिन् । ट्रेकिङ गर्दै नयाँ–नयाँ ठाउँको भ्रमण गर्नु, पौडी खेल्नु, नयाँ–नयाँ परिकार बनाउनु तथा चलचित्र हेर्नु जेनीका सौख हुन् । जेनी प्रेरणादायक महिला बन्न चाहन्छिन् । विभिन्न वर्गका मानिसहरूमा उत्प्रेरणा जगाउन आफू मिस नेपालमा सहभागी भएको उनको तर्क छ । ‘एक जना व्यक्ति नै विश्वलाई परिवर्तन गर्न सक्षम हुन्छ,’ भन्ने कुरामा विश्वास गर्ने जेनी आफू ऊक्त व्यत्ति बन्न चाहेको कुरा बताउँछिन् । हरेक परिस्थितमा आत्मविश्वासी हुनु जेनीको सकारात्मक पक्ष हो । यसबाहेक उनी दबाबमा समेत कडा परिश्रम गर्न सक्छिन् । आफैंप्रति विश्वास गर्ने उनको स्वभाव छ । जेनी भन्छिन्, ‘म आत्मविश्वासी हुनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्षम छु । जेनीका अनुसार मिस नेपालको उपाधि जित्दै विश्वभर छरिएका नेपालीहरूलाई गौरवशाली बनाउनु उनको लक्ष्य हो ।
किरण थापा
बौद्ध, काठमाडौंकी २२ वर्षीया किरण थापा मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–९ हुन् । आर्किटेक्ट इन्जिनियरिङ गरिरहेकी किरण ५ फिट ६ इन्च अग्ली छिन् । गायन तथा खेलकुदका गतिविधिहरूमा सहभागिता जनाउने किरण भविष्यमा सफल आर्किटेक्टका साथै असल मार्ग निर्देशक बन्न चाहन्छिन् । किरणले आफूमा भएको प्रतिभा उजागर गर्ने लक्ष्य लिनुका साथै आफूमा भएका कमजोरीहरू सुधार्दै त्यसलाई पनि शक्तिमा परिवर्तन गर्ने लक्ष्य लिएकी छिन् । नयाँ–नयाँ कुरा सिक्ने चाहना, अरूलाई सकेसम्म सहयोग गर्ने स्वभाव तथा सकारात्मक सोचलाई उनी आफ्नो बलियो पक्ष मान्छिन् । आफू कडा परिश्रमी तथा मेहनती भएकैले मिस नेपालको प्रवल दावेदारका रूपमा प्रस्तुत हुने उनको दाबी छ ।
प्रदीप्ता अधिकारी
काठमाडौंकी प्रदीप्ता अधिकारी मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–१० हुन् । नेप्लिज आर्मी इन्स्टिच्यूट अफ हेल्थ साइन्सेसमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत प्रदीप्ता ५ फिट ६ इन्च अग्ली छिन् । पूर्व नेशनल डिबेटर रहिसकेकी प्रदीप्ता नृत्य, योग तथा यात्रामा रुचि राख्छिन् । विश्व स्वास्थ संगठनको सिईओ बन्ने लक्ष्य लिएकी प्रदीप्ता मिस नेपालको आफ्नो सहभागितालाई विश्वमा नेपालको झन्डा फहराउने उद्देश्य बताएकी छिन् । अनुशासन, स्पष्ट धारणा तथा स्वभावलाई उनी आफ्ना सकारात्मक पक्षका रूपमा लिन्छिन् । ‘मैले पनि आफूलाई मिस नेपालको विजेताका रूपमा हेरेकी छु, प्रदीप्ता भन्छिन्— ‘इमान्दार सपना, गहिरो विश्वास तथा कडा परिश्रमको मिश्रणले एक प्रकारको शक्ति पैदा गर्छ, म आफूमा त्यही शक्ति पैदा गर्दैछु ।’
नितिका कर्माचार्य
ललितपुरकी निकिता कमार्चार्य मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–११ हुन् । २१ वर्षीया निकिता ५ फिट ६ इन्च अग्ली छिन् । सोसल वर्कमा स्नातक गरेकी निकिता नृत्यकी पारखी हुन् । उनी नृत्यसंग प्रेम नै भएको बताउँछिन् अर्थात् उनी फुर्सदमा माक्र होइन, खुसी व्यत्त गर्नसमेत नृत्यकै सहयोग लिन्छिन् । सामाजिक कार्यकी विद्यार्थी हुनुका साथै बालबालिकाहरूको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थासंग आवद्ध भएकाले निकिताले भविष्यमा आफ्नै गैर सरकारी संस्था स्थापना गरेर सामाजिक कार्यमा होमिने लक्ष्य लिएकी छिन् । निकिताले यसअघि दुई ठूला सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर उपाधिसमेत जितिसकेकी छिन् । सन् २०१५ मा सम्पन्न मिस इ–कलेजकी उपाधि विजेता निकिताले सन् २०१७ मा सम्पन्न मिस इन्डिया सब कन्टिनेन्ट प्रतियोगिता सेकेन्ड रनर्सअप भएकी थिइन् । ‘मैले विगतमा पनि नेपालको प्रतिनिधित्व गर्दै विदेशमा आयोजित सौन्दर्य प्रतियोगितामा भाग लिएर सेकेन्ड रनर्सअपको उपाधि जितिसकेकी छु, निकिता भन्छिन्– ‘त्यसका कारण पनि ममा प्रसस्त आत्मविश्वास छ, जसले मलाई मिस नेपालको विजेता बनाउन सक्छ ।’
रोज लामा
जोरपाटी, काठमाडौंकी रोज लामा मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–१२ हुन् । ५ फिट ६ इन्च अग्ली रोज इन्टेरियर डिजाइन तथा स्टुडियो आटर््समा स्नातक गरिरहेकी छिन् । फुर्सदमा अध्ययन, लेखन तथा नयाँ–नयाँ कुराको खोजी गर्नु उनको स्वभाव हो । भविष्यमा सफल इण्डस्ट्रियल डिजाइनर तथा समाजसेवी बन्ने उनको लक्ष्य छ । समाजको उत्कृष्ट सदस्य बन्न आवश्यक पर्ने तत्वहरूको जानकारी लिन तथा त्यसलाई व्यवहारमा लागू गर्ने उद्देश्यले आफू मिस नेपालमा सहभागी भएको उनको भनाइ छ । ‘म प्रेममा विश्वास गर्छु,’ रोज भन्छिन्— ‘म सबैलाई प्रेम गर्छु अनि सबैबाट प्रेमको अपेक्षा गर्छु ।’ उनी सधैं आफूलाई विजेता मान्छिन् । ‘पहिलो स्थानमा आउनु मात्र विजयी हुनु होइन, रोजको भनाइ छ— ‘मेरा लागि उत्कृष्ट प्रस्तुती दिने सबै विजयी हुन्, त्यसमा म स्वयं पनि पर्नेछु ।’
सारा बजिमय
मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१३ सारा बजिमयले पोखरालाई प्रतिनिधित्व गर्दै छिन् । २३ वर्षीया सारा ५ फिट ७ इन्च अग्ली छिन् । माइक्रो बायोलोजीमा स्नातकोत्तर अध्ययन गरिरहेकी सारा चित्रकला तथा नृत्यकी सौखिन् छिन् । उनी धिमे बाजा तथा गिटार वादनका साथै गायनमा पनि उत्तीकै सिपालु छिन् । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गराउन आफूले देखेको सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको उनको भनाइ छ । आफूमा भएको आत्मविश्वासका कारण मिस नेपालमा सफल हुने उनको दावी छ ।
लक्ष्मी राउत
हात्तीवन, ललितपुरकी लक्ष्मी राउत मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१४ हुन् । २३ वर्षीया लक्ष्मी ५ फिट साढे ६ इन्च अग्ली छिन् । एमबीएस तेस्रो वर्षमा अध्ययनरत लक्ष्मी जर्नल लेखन, पुस्तक अध्ययन, यात्रा तथा सपिङकी सौखिन छिन् । आफ्नो सपना पूरा गर्न मिस नेपालको प्लेटफर्म छनौट गरेको उनको तर्क छ । आफूमा भएको लगाव, मेहनत तथा एकाग्रतालाई उनी आफ्नो सकारात्मक पक्षका रूपमा लिन्छिन् । ‘मलाई लाग्छ म सक्छु भन्ने भावनाले नै मलाई विजेता बनाउने छ,’ लक्ष्मीका अनुसार उनी सानोभन्दा सानो काममा पनि आफ्नो मुटु, दिमाग तथा आत्मालाई एकिकृत गर्छिन्, जसले उनलाई सफलता दिलाउँछ ।
रक्षा उप्रेती
पुरानो वानेश्वर, काठमाडौंकी रक्षा उप्रेती मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–१५ हुन् । २२ वर्षीया रक्षा ५ फिट ६ इन्च अग्ली छिन् । बायो टेक्नोलोजीमा स्नातक गरेकी रक्षा यात्रा गर्न, नयाँ–नयाँ विषयमा खोजि गर्न तथा खानपिनमा विशेष रुचि राख्छिन् । विश्वलाई सुन्दर बनाउन सबैमा माया र सद्भाव बाँडौं भन्ने कुरालाई आत्मसात गर्ने रक्षा केही नयाँ कुरा सिक्न मिस नेपालमा सहभागी भएको बताउँछिन् । ‘सकेसम्म धेरै कुरा सिक्न, आफूमा भएको अनुभव शेयर गर्न तथा असल व्यक्ति बन्दै सकारात्मक धारणा फैलाउन म यो प्रतिस्पर्धामा आएकी हुँ,’ रक्षा भन्छिन्— ‘म असाध्यै जिज्ञासु स्वभावकी छु, मलाई लाग्छ यो नै मेरो सकारात्मक पक्ष हो ।’ आफैंलाई विश्वास गर्ने भएकीले रक्षाले आफैंलाई मिस नेपालको सम्भावित विजेताका रूपमा हेरेकी छिन् ।
मीरा कक्षपति
भक्तपुरकी मीरा कक्षपति मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–१६ हुन् । २३ वर्षीया मीरा ५ फिट ४ इन्च अग्ली छिन् । बीबीएस अध्ययनरत मीरा अध्ययन तथा यात्रामा रुचि राख्छिन् । सचेतना, जागरुकता तथा एकाग्रताका बारेमा आफूमा भएको ज्ञान बाँड्न अनि अरूबाट ग्रहण गर्ने उद्देश्यले मिस नेपालमा सहभागिता जनाएकी मीरा विगत केही वर्षदेखि यी विषयको अभ्याससमेत गरिरहेकी छिन् । पब्लिक स्पिकिङको क्षेत्रमा ख्याति आर्जन गरिसकेकी मीरा व्यवसायिक उद्घोषिका हुन् । मीराका अनुसार उनीसहित मिस नेपालका २६ जना प्रतिस्पर्धी नै विजेता हुन्, किनभने मिस नेपालमा सहभागिता जनाउन पाउनु आफैंमा एउटा उपलब्धि हो ।
जेनिशा थपलिया
सुन्दरहरैंचा, मोरंगबाट मिस नेपालमा प्रतिनिधित्व गरिरहेकी जेनिशा थपलिया प्रतियोगी नम्बर–१७ हुन् । ५ फिट ६ इन्च अग्ली जेनिशा २३ वर्षकी भइन् । अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेकी जेनिशा चलचित्र हेर्न, नयाँ–नयाँ परिकार बनाउन तथा यात्रा गर्न रुचाउँछिन् । जेनिशाले भविष्यमा प्रभावशाली व्यक्तित्व बन्ने लक्ष्य लिएकी छिन् । ‘म यहाँ उपाधिका साथै मानिसहरूको मन जित्न आएकी हुँ,’ जेनिशा भन्छिन्— उनी यो प्लेटफार्मबाट धेरै भन्दा धेरै कुरा सिक्न चाहन्छिन् । कहिले नहार्ने तथा नथाक्ने स्वभावकी जेनिशा आफू शक्तिशाली, स्वाभिमानी तथा जिज्ञासु भएकोमा गर्व गर्छिन् । कहिल्यै नहार्ने स्वभावकै कारण आफू मिस नेपालको उपाधि जित्न योग्य भएको जेनिशाको तर्क छ ।
पूजा श्रेष्ठ
चन्द्रगढी, झापाबाट मिस नेपालमा प्रतिनिधित्व गरिरहेकी पूजा श्रेष्ठ प्रतियोगी नम्बर–१८ हुन् । २२ वर्षीया पूजा ५ फिट ६ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण पूजा नृत्य गर्न, पुस्तक पढ्न, ब्याटमिन्टन खेल्न तथा चराचुरुंगीहरू अवलोकन गर्दै प्रकृतिमा रमाउन रुचाउँछिन् । भविष्यमा प्राध्यापकका रूपमा काम गर्दै नयाँ पुस्तामा सकारात्मक ज्ञान बाँड्ने लक्ष्य लिएकी पूजा आफ्नो देशलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिनिधित्व गराउन पनि मिस नेपालमा सहभागी भएको बताउँछिन् । सकारात्मकता तथा लगनशीलतालाई आफ्नो गुणका रूपमा चित्रण गर्ने पूजा आत्मविश्वासी तथा कडा परिश्रमी भएकै कारण आफूलाई मिस नेपालको उपाधि विजेताका रूपमा हेर्छिन् ।
बिपना सुवेदी
चितवनबाट मिस नेपाल–२०१९ मा प्रतिनिधित्व गरिरहेकी बिपना सुवेदी प्रतियोगी नम्बर–१९ हुन् । २० वर्षीया बिपना ५ फिट ४ इन्च अग्ली छिन् । फरेस्ट्रीमा बिएस्सी गरिरहेकी बिपना नृत्य, गायन तथा खानपिनमा रुचि राख्छिन् । बिपनाले भविष्यमा डिएफओका रूपमा वन्यजन्तु संरक्षणको क्षेत्रमा योगदान पुर्याउने लक्ष्य लिएकी छिन् । यसका साथै उनले मिस नेपाल २०१९ का पाँच मुख्य उपाधिमध्ये एउटा उपाधि जित्ने लक्ष्य लिएकी छिन् । कडा परिश्रमी, इमान्दार तथा लगनशील भएकै कारण आफूले हरेक कार्यमा सफलता हासिल गर्दै आएको बिपनाको भनाइ छ । ‘कामप्रतिको मेरो इमान्दारिताले नै मलाई विजेता बनाउनेछ,’ बिपनाको भनाइ छ ।
शुभेच्छा अधिकारी
ललितपुरकी शुभेच्छा अधिकारी मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–२० हुन् । २१ वर्षीया शुभेच्छा ५ फिट ४ इन्च अग्ली छिन् । मिस नेपालमा सहभागिता जनाउन उनी अमेरिकाबाट स्वदेश आएकी हुन् । अमेरिकामै बीबीए गरिरहेकी शुभेच्छा गायन तथा यात्रामा रुचि राख्छिन् । शुभेच्छाले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । मिस वर्ल्डको उपाधि जित्दै नेपाललाई गौरवशाली बनाउने शुभेच्छाको एकमात्र लक्ष्य छ । शुभेच्छा हरेक कार्य योजना बनाएर फत्ते गर्छिन् । मिस नेपालको सहभागिता पनि उनको लामो योजनामध्येको एक हो । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवशाली बनाउनकै लागि आफू मिस नेपालको विजेता हुनु पर्ने शुभेच्छाको तर्क छ ।
प्रकृति कटवाल
बिर्तामोड, झापाकी प्रकृति कटवाल मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–२१ हुन् । २४ वर्षीया प्रकृति ५ फिट साढे ५ फिट अग्ली छिन् । एमबीबीएसको पाँचौं वर्षकी छात्रा हुन्— प्रकृति । नयाँ–नयाँ ठाउँको भ्रमण गर्नु, नयाँ–नयाँ व्यक्तिहरूसँग भेटेर विचार साटासाट गर्नु तथा खानपिनमा रमाउनु उनका सौख हुन् । भविष्यमा एउटा सफल चिकित्सकका साथै परोपकारी व्यक्ति बन्ने लक्ष्य लिएकी प्रकृति चिकित्सा शास्त्रको छात्राका रूपमा केही नयाँ कुराको अनुभवका लागि मिस नेपालको प्लेटफर्म छनौट गरेको बताउँछिन् ।
न्यान्सी बोगटी
काठमाडौंकी न्यान्सी बोगटी मिस नेपालकी प्रतियोगी नम्बर–२२ हुन् । ५ फिट साढे ४ इन्च अग्ली न्यान्सी २४ वर्षकी भइन् । गिटार बजाउनु, गीत गाउनु तथा अनलाइन गेम खेल्नु आफ्ना रुचिका विषय भएको उनी बताउँछिन् । प्रविधिको प्रयोग गर्दै मानिसको जीवनमा परिवर्तन ल्याउनुलाई न्यान्सीले आफ्नो जीवनको लक्ष्य बताएकी छिन् । मानिसमा उत्प्रेरणा जगाउनु भन्दा पहिले आफैं उदाहरण बन्नुपर्छ भन्ने उद्देश्यले उनी मिस नेपालमा प्रतिस्पर्धा गर्न आएकी हुन् । प्रतियोगिताका सहभागीहरूको आ–आफ्नै क्षमता र प्रतिभा भएको धारणा व्यक्त गर्ने न्यान्सी आफूमा भएको क्षमता, आशा, मेहनत तथा प्रेरणाका कारण आफू नै विजेता हुने धारणा व्यक्त गर्छिन् ।
शिवानी घिमिरे
२१ वर्षीया शिवानी घिमिरेले मिस नेपाल–२०१९ मा भैरहवाको प्रतिनिधित्व गरेकी छिन् । प्रतियोगी नम्बर–२३ शिवानी ५ फिट साढे ५ इन्च अग्ली छिन् । शिवानी कम्प्युटर इन्जिनियरिङ गरिरहेकी छिन् । शिवानीका रुचिका विषय खेलकुद, लेखन, यात्रा तथा गायन हुन् । शिवानीले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । चुनौतीहरूसँग जुध्न मन पराउने स्वभावकै कारण आफू मिस नेपालमा आएको शिवानीको भनाइ छ । आफूमा भएको जिम्मेवारीपन, इमान्दारिता तथा धैर्यतालाई आफ्नो सकारात्मक पक्ष बताउने शिवानी अप्ठ्यारो परिस्थितिमा समेत अघि बढ्न सक्ने क्षमताकै कारण आफूलाई मिस नेपाल–२०१९ को विजेता देख्छिन् ।
सान्त्वना मालाकार
काठमाडौंकी सान्त्वना मालाकार मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–२४ हुन् । २२ वर्षीया सान्त्वना ५ फिट ६ इन्च अग्ली छिन् । उनी यात्रा, अध्ययन, साइक्लिङ तथा पाक्कलामा रुचि राख्छिन् । आर्किटेक्टमा स्नातक उत्तीर्ण सान्त्वना भविष्यमा सफल आर्किटेक्ट बन्न चाहन्छिन् । मिस नेपाललाई सौन्दर्य प्रतियोगिताका रूपमा मात्र सीमित गरिनु हुँदैन भन्ने धारणा राख्ने सान्त्वना यो प्रतियोगितालाई समाजका महत्वपूर्ण मुद्दामा बहस गर्ने थलोका रूपमा समेत चित्रण गर्छिन् । आफूलाई सकारात्मक सोच भएकी व्यक्तिका रूपमा चिनाउने सान्त्वना आफ्नो सपना पूरा गर्ने योजनाका साथ यो प्रतियोगितामा आएकी हुन् ।
प्रथा अधिकारी
काठमाडौंकी प्रथा अधिकारी मिस नेपाल–२०१९ की प्रतियोगी नम्बर–२५ हुन् । प्रथा पुराना अभिनेता प्रकाश अधिकारीकी छोरी हुन् । हालै बीबीएको अध्ययन पूरा गरेकी प्रथा ५ फिट ७ इन्च अग्ली छिन् । नृत्यमा सिपालु प्रथा भलिबल तथा ब्याटमिन्टनकी खेलाडी पनि हुन् । भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी प्रथा आफूलाई आत्मविश्वासी व्यक्तिका रूपमा चित्रण गर्छिन् । चाँडै सिक्ने क्षमता, कडा परिश्रमी तथा कुशल नेतृत्व गर्न सक्ने आफ्नो क्षमतालाई उनी आफ्ना सकारात्मक पक्षका रूपमा लिन्छिन् । अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित आफू मिस नेपालमा आएको प्रथाको भनाइ छ । प्रथाले मिस नेपालको सहभागितालाई आफ्नो पहिलो विजयका रूपमा लिएकी छिन् । ‘ममा भएको प्रतिभा, व्यक्तित्व तथा क्षमता मौलिक छन्, प्रथाका अनुसार उनमा अरूलाई पनि सहजै प्रभावित तुल्याउन सक्ने क्षमता छ । त्यसकारण पनि उनी आफूलाई मिस नेपाल–२०१९ को बलियो दावेदार मान्छिन् ।