साप्ताहिक संवाददाता
आगामी १७ जेठबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । सार्वजनिक गीतमा चलचित्रका खल चरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् ।
यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।
यो चलचित्र सम्राट सापकोटाले निर्देशन गरेका हुन् । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।