साप्ताहिक संवाददाता
वैशाख १०, २०७६
बलिउडमा अहिले कंगना रनावत र आलिया भट्टकाबीच राम्रो चलिरहेको छैन । ‘मणिकर्णिका’मा कंगनाको अभिनय र ‘गली ब्वाइ’मा आलियाको अभिनयबीच तुलना गरिएपछि कंगनाले आलियाको भूमिकालाई सामान्य भनेर हाँसोमा उडाएकी छिन् ।
‘उनले त्यसलाई चुलबुले केटीको भूमिका भनेकी थिइन् । कंगनाले आफूलाई उडाएपछि आलिया किन चुप रहन्थिन्, उनले पनि कंगनालाई जवाफ फर्काइन् । आलियाले भनिन्, ‘म कंगनाको काम र उनको विचारको निकै इज्जत गर्छु ।
यदि उनलाई त्यस्तो लाग्छ भने यसका पछाडि पक्कै पनि कुनै कारण होला । अहिले म आफ्नो काममा केन्द्रित हुन चाहन्छु । हुन सक्छ उनले चाडै मेरो कडा परिश्रमको सराहना गरून् ।’