साप्ताहिक संवाददाता
अभिनेता सौगात मल्लले एक दिन अघि शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’मा अभिनय गर्ने पक्का गरे । त्यसको भोलिपल्टै उनले अर्को चलचित्र ‘राम राम’मा अभिनय गर्ने हस्ताक्षर गरेका छन् ।
बिहिबार ‘पोई पर्यो काले’का लागि अनुबन्दित भएका सौगातको ‘राम राम’लाई सुर्वण थापाले निर्देशन गर्ने छन् । सुवर्ण र सौगातले यसअघि चलचित्र फन्कोमा एक साथ काम गरेका थिए ।
डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथाकार दिनेश महत हुन् । चलचित्र ‘राम राम’का लागि हाल सौगात मल्ल मात्रै फाईनल भएका छन् । आउँदो दसैंबाट छायांकनमा जाने चलचित्र ‘राम राम’मा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीले लगानी गर्ने छन् ।
कथाकार महतका अनुसार चलचित्र ‘राम राम’ निर्माण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।