साप्ताहिक संवाददाता
वैशाख १०, २०७६
मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘विर विक्रम २’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक केहि पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ ।
चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बिनिसा भण्डारी, बुद्धि तामाङ, क्रिजन गौतम, मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।
चलचित्र विर विक्रम आगामी जेठ ३ मा नेपालभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ ।