साप्ताहिक संवाददाता
रक ब्याण्ड मुकुट सँग सहकार्य गरेर गायक नबिन के भट्टराईले नयाँ गीत दर्शक श्रोतामाँझ ल्याएका छन् । उनको स्वर रहेको ‘तोडेर गयौ’ बोलको गीत आज युट्युववाट सार्वजनिक गरिएको हो । गीत सुन्ने र हेर्नेहरुले निकै मन पराएका छन् ।
नकुल कार्की र रोशन कुँवरको शब्द रहेको उक्त गीतको संगीतमा नकुललाइ मुकुट ब्याण्डकै रोशन कुँवरले साथ दिएका छन् । मुकुट ब्याण्डको संगीत निकै पृथक हुने भएकाले उनीहरूसँग सांगीतिक सहकार्य गरिएको गायक भट्टराइले बताए । उनले यो आफ्ना अन्य गीत भन्दा यो गीतमा फरक स्वाद पाउने जनाए ।
नेपाली संगीत मा आफ्नो दुई दशकको यात्रा भएपनि यो गीतले कम ब्याक गर्न खोजेको मुकुट ब्याण्डको भनाइ छ । ब्याण्ड मा गिरिश सुवेदी, रोशन कुँवर, मनिष शाक्य, शरद देउला आबद्ध छन् । बिभुषण दाहालको निर्देशन, बिपिन रिजालको छायाँकन तथा सम्पादनमा गीत निर्माण भएको हो ।
हेर्नुस् गीत