साप्ताहिक संवाददाता
डी सिने अवार्ड २०७६ को मनोनयन सार्बजनिक गरिएको छ । यसपटक देखि डी सिने अवार्डमा उत्कृष्ट पाँचको परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर उत्कृष्टताको सूचीमा सात सम्म स्थान दिने निर्णय गर्दै मनोनय सार्वजनिक गरिएको आयोजनकले जनाएको छ ।
११ औं संस्करणको इएन आई छायाँ छवि डी सिने अवार्ड ०७६ का लागि यस वर्ष रिलिज भएका एकसय चलचित्रमध्ये ४८ चलचित्र छानिएका थिए । यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल, रोमियो एण्ड मुना जस्ता चलचित्रले सहभागीता नजनाएको र कुशल अभिनेता र लेखक खगेन्द्र लामिछानेले अवार्डहरुमा सहभागिता नजनाउने भनेका कारण उनलाई व्यक्तिगत स्वतन्त्रता भन्दै सहभागी नबनाएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
एघारौं ईएनआई छायाँ छवि डी सिने अवार्ड ०७६ का लागि लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेति एवम् नेपालकै पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेका थिए । यो अवार्ड वैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।