साप्ताहिक संवाददाता
वैशाख १२, २०७६
कलाकार आशिफ शाहले शाहले ‘डामाडोल’ नामको चलचित्र निर्माण गर्ने घोषणा गरे । यो चलचित्र गत फागुनबाटै फ्लोरमा जाने पक्का पक्की भएको थियो । तर, मध्ये बैशाख लागि सक्दा पचि चलचित्र छायांकनको कुनै सुरसार देखिएको छैन् ।
‘डामाडोल’मा लगानी गर्न तम्सिएका कलाकार आशिफले आफ्नै व्यस्तताका कारण चलचित्रको छायांकन पछि सरेको बताएका छन् । यो चलचित्रलाई आशिफकै दाजु असिम शाहले निर्देशन गर्ने भएको थिए ।
यो चलचित्रमा अभिनेता निश्चल बस्नेत र आशिफले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने पक्का भएको छ । ‘डामाडोल’मा यि दुई अभिनेतासँग अभिनेत्री आँचल शर्माले रोमान्स गर्ने भएकी छिन् ।
निर्माण टिमले चलचित्रको औपचारिक घोषणासँगै चलचित्रकाृ रिलिज डेट आगामी साउन ३० गतेलाई तोकेको थियो । यस अघि यहि टीमले चलचित्र ‘दुई रुपैयाँ’ निर्माण गरेको थियो ।