साप्ताहिक संवाददाता
वैशाख १३, २०७६
गायक सनुप पौडेलको नयाा गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।
दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक सनुप पौडेलको यस गितमा सकारात्मक संदेश प्रबाह गर्न खोजिएको छ ।
एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।
गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।
थाकिसकेको म्यूजिक भिडियो :