साप्ताहिक संवाददाता
वैशाख १६, २०७६
अभिनेता गौरव पहारी तथा अभिनेत्री अनु शाह पहिलो पटक एउटा चलचिक्रमा स्त्रिन सेयर गरेका छन् । आरबी खत्री शरदद्वारा निर्देशित चलचित्र ‘पसिना’ मा उनीहरूले अनस्क्रिन रोमान्स मात्र गरेका छैनन्, मजदुरको हक–हितमा आवाज समेत उठाएका छन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पसिना’ मा गौरवले विद्यालय शिक्षकको भूमिका निर्वाह गरेका छन् भने अनु शाह सञ्चारकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् । प्रायः म्युजिक भिडियोमा सक्रिय अनु लामो समयपछि यही चलचित्रमार्फत दर्शकमाझ पुग्दैछिन् ।
गौरव भने आफ्नो पछिल्लो चलचित्र साइँलीको सफलतापछि पुनः एक पटक उत्साहका साथ दर्शकमाझ आउन लागेका हुन् । दर्शकहरूले उनीहरूको जोडीलाई कत्तिको रुचाउने हुन्, हेर्न बाँकी नै छ ।