साप्ताहिक संवाददाता
आलिया भट्टले हलिउडमा राम्रो अवसर पाए आफू काम गर्ने तयार रहेको बताएकी छिन् । आलिया अहिले ‘ब्रह्मास्त्र’मा काम गरिरहेकी छिन् । आलिया एसएस राजामौलीको चलचित्र ‘आरआरआर’मार्फत चाडै तेलगु चलचित्र उद्योगमा पनि पाइला राख्दैछिन् ।
आलिया भन्छिन्, ‘मलाई विश्वास छ, म चाडै हलिउड जानेछु । यो एकदमै नयाँ उद्योगमा पाइला राख्नुजस्तै हो अनि काम सहज त पक्कै हुनेछैन, तर मैले यो काम गर्नु नै छ ।’ रोचक त के भने आलियाले हालैमात्र आफूभन्दा २६ वर्ष जेठा सलमान खानसँग काम गर्ने कुराले आफू रोमाञ्चित भएको बताएकी थिइन् ।
त्यसपछि दुवैको उमेरको अन्तरलाई लिएर सामाजिक सञ्जालमा ट्रोलसमेत बनाइएको थियो । त्यसमाथि आलियाको प्रतिक्रिया थियो, ‘मैले त्यसमा कुनै नकारात्मक कुरा देखिन् ।’ उनी सन्जय लीला भन्सालीको चलचित्र‘इन्साअल्लाह’मा सलमानसँग काम गर्ने तयारीमा छिन् ।