साप्ताहिक संवाददाता
हप्कीदप्की गर्ने शेरबहादुर अनि अनेक उखान भन्ने केपी— कोही पनि कम छैनन् ।
अमित क्षेत्री
नेपालमा मन पराउने खालका नेता नै को छन् र ? यस्ता नेता हुनुभन्दा त नभएकै बेस । देउवाले पनि के नै गरेका छन् र मन पराउनका लागि ?
दुःखी आत्मा
जनताले कसलाई चाहेका हुन्, त्यो त छर्लङ्ग छ नि ।
परी भगर पाण्डे
कमसेकम जनताले सोधेको कुरामा हप्कीदप्की गर्ने देउवाभन्दा त मिजासिलो पाराका ओलीले आशा त देखाएका छन् ।
दीपेन्द्रप्रसाद
नेपालीमा स्थायी पार्टी भनेको नेपाली कांग्रेस मात्र हो, अरू त दोस्रो विवाह गरेका वा डिभोर्स भएपछि विरक्तिएर धर्म परिवर्तन गरेका नरनारीजस्तै हुन् ।
दिनेश थापा
जनताले त ओलीलाई मात्र किन, शेरबहादुरलाइ पनि कहाँ रुचाउँछन् र ?
चित्र सोल्टी न्हान्सी तमु
निर्मला प्रकरण, वाइडबडी प्रकरणजस्ता प्रकरणै प्रकरणले सरकारप्रति जनताको भरोसा टुटेको छ । गफ बढी गर्ने, कामचाहिँ केही नगर्ने सरकारको साख बालुवाटार जग्गा प्रकरणले निकै गराएको छ । त्यसैले देउवाले भनेको कुरामा सत्यता छ ।
विश्व अधिकारी
अरू त त्यस्तै हो, नेपालमा भ्रष्टाचारीहरू देशका दुस्मन हुन् भनेर तिनीहरूलाई सदाका
लागि बिदा गरिदिने कुनै नेता फेला परेनन् ।
अमृत तिमल्सिना
खै ! मलाई त यो सरकार मन परेकै छ क्यारे ! कमसेकम सपना त उजागर गरेको छ । काम त बिस्तारै हुँदै जाने कुरा हो । एकैपटक सबै कुराको आशा गरेर पनि भएन नि ।
कृष्ण आचार्य
आजसम्म जुन जोगी आए पनि कानै चिरेको भएको छ । विकास–निर्माणको क्षेत्रमा केही आशा देखिए पनि भ्रष्टचारको क्षेत्रमा पूरै निराशा छ । पावरफुलहरूले जे गरे पनि कारबाही गर्न नसक्नु शेरबहादुरले भनेजस्तै छ, तर उनको जस्तो न बोल्ने ढङ्ग न काम गर्ने ढङ्ग भन्दाचाहिँ उत्तम छ ।
हरि थापा
हाजमोलाले खाना पचाको जस्तै लाज चाहिँ मज्जाले पचाउने रे’छ यो सरकारले ।
वीर तामाङ
बिचरा देउवाजीलाई उनको पार्टीमै मन नपराइरहेको अहिलेको अवस्था कसले सम्झाइदेला खै ?
चन्द्र मिश्र
ओली मात्र किन, देउवालाई पनि मन पराउँदैनन् । उनीहरूका झोले कार्यकताबाहेक सर्वसाधरणलाई जो भए पनि उस्तै भन्ने भएको छ । ओलीले त गिनिज बुकमा कमेडी पीएम बनेरै रेकर्ड राख्ने भए ।
आर.एन. शर्मा
ओलीको उखान–टुक्का त मन पराएकै हुन् नि, सरकार पो मन पराएनन् त ।
लवेन्द्रजंग हमाल
यहाँ कसलाई जनता भन्ने ? सबै कुनै न कुनै पार्टीको छातामुनि छन् ।
उमेश थापा
शेरबहादुरलाई चाहिँ मन पराउन छाडेको हो, यता ओली सरकारले पनि आफ्नो वेटअनुसारको धक्का दिन सकेको छैन ।
अन्जान गुरुङ
प्रधानमन्त्रीको भाषण आएपछि टिभी बन्द गर्नुपर्ने अवस्था छ, किनभने घरका केटाकेटी बिग्रन्छन् ।
उमेश कार्की
सफलता–असफलता के हो, वर्ष दिनमै भन्न मिल्दैन । ओली सरकारलाई जनताले पाँच वर्ष दिएका छन्, अझै हेर्न बाँकी छ, विकाससम्बन्धी कुरा भन्नेबित्तिकै भैहाल्न जादु होइन ।
केशव पौडेल
जनताले मन पराउन छाडेर के गर्नु, जनताभन्दा धेरै अन्धभक्त कार्यकर्ता छन् । जनताले त कहिले पो मन पराएका थिए र उखाने टुक्केलाई ? हास्यव्यंग्य क्षेत्रमा लाग्नुपर्ने मान्छे राजनीतिमा लागेर किन हुन्थ्यो र ?
एलबी भट्टराई
देउवाले भनेजस्तै त होइन, तर जनअपेक्षामा राम्रैसँग तुसारापात गरेका छन् ।
प्रकाश अधिकारी
मन पराउनलाई त गतिलो काम पनि गरेको हुनुपर्यो नि । त्यसै त किन मन मराउनु र ?
श्रृजन तामाङ
गोकुल बाँस्कोटालाई प्रधानमन्त्री बनाउनुपर्छ, सरकारको लोकप्रियता अझ बढ्छ ।
राई कुमार
नागरिकताको कुराले गर्दा मन पराउन छाडे । अब ठूलो आँधीबेरी आउनेछ ।
पुरुषोत्तम काफ्ले
म कुनै पार्टीभक्तचाहिँ होइन तर शेरबहादुर न राम्रोसँग बोल्न जान्दछन्, न काम गर्न । भुल्न नहुने कुरा, शेरबहादुरको फालाको आईजी नियुक्ति, न्यायाधीश नियुत्तिजस्ता कुरा बिर्सनु हुँदैन ।
थापाजी
भरोसा कसैको छैन, जनतालाई एउटाले गरेन, अर्कोले गर्छ कि भन्ने आश मात्र हो । जनताले बाध्य भएर एकपछि अर्कोलाई पालो दिन्छन् ।
दीपेन्द्र मल्ल