साप्ताहिक संवाददाता
नेदरल्यान्डका एक चिकित्सकले कृत्रिम गर्भाधारण गर्न आउने महिलाले ल्याएको शुक्रकीट साटेर आफ्नो शुक्रकीट हाल्दै ४९ भन्दा बढी शिशुको बाबु बनेको कुरा खुलासा भएको छ । आईभीएफ पद्धतिबाट निःसन्तान दम्पतीलाई सन्तान पाउने बनाउँदै आएको उक्त क्लिनिकका चिकित्सकको डिएनए परीक्षण गर्दा उक्त घटना पुष्टि भएको हो ।
जन करबात नाम गरेका चिकित्सकले दान गर्नेहरूको शुक्रकीट साट्दै आफ्नो शुक्रकीट हाल्ने र कुनै–कुनैमा आफ्नो शुक्रकीट पनि मिसाउने घटना सन् २००९ मा सार्वजनिक भएपछि उक्त क्लिनिक बन्द भएको थियो ।
सन् २०१७ मा डा. जन करबातको ८९ वर्षको उमेरमा मृत्यु भएको थियो । आफ्नो मृत्युभन्दा अघि करबातले आफूले दाताको शुक्रकीट साटेर र कतिपयमा आफ्नो शुक्रकीट मिसाएर ६० जनाभन्दा बढी महिलालाई गर्भवती बनाएको बयान दिएका थिए ।
गएको फेब्रुअरी महिनामा नेदरल्याण्डको अदालतमा दर्ता भएको मुद्दाका क्रममा डिएनए परीक्षण पोजेटिभ निस्किएको कुरा अदालतले पुष्टि गरिसकेको छ ।