साप्ताहिक संवाददाता
अभिनेत्री श्वेता खड्काको गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ । सफल शल्यक्रिया पछि अभिनेत्री खडेकाले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उनले शल्यक्रियापछि आफूले दोस्रो जीवन पाएको पनि उल्लेख गरेकी छिन् ।
अभिनेत्री खड्काले फेसबुकमा लेखेकी छिन् –‘जीवनले मसँग अर्को खेल खेलेको छ ।’ ‘जीवन धेरै अनिश्चित छ । यो सत्य हो । तपाईंलाई कहिल्यै थाहा हुँदैन के हुन सक्छ र तपाईंको योजनाहरू र आशाहरू केवल सेकेण्डमा एक अंश भित्र विनाश हुन सक्छ,’ अभिनेत्री खड्काले लेखेकी छिन् ।
चलचित्र हेल्लो जिन्दगीमा अनुबन्ध भएकी खडेकाले आफूले ऊक्त चलचित्रमा काम गर्न नसकेकोमा दुःख समेत व्यत्त गरेकी छिन् । सोही चलचित्रका सुटिङ्का लागि लण्डन पुगेकी श्वेता सोही क्रममा विरामी भएकी थिईन् । त्यसपछि तत्काल दिल्ली पुगेकी श्वेताको डा. सुवेन्द्र कुमार दब्बाले रोबोट सर्जरी गरेका हुन् ।
उनले आफूले अर्को डरलाग्दो स्थितीलाई जितेको समेत उल्लेख गरेकी छिन् । तर, उनले अर्को चलचित्रमा काम गर्ने आफ्नो उत्साह स्वास्थ्य अवस्थाको कारण अर्को पटक बर्बाद भएको उल्लेख गरेकी छिन् ।