बलिउडमा जस्तै नेपालमा पनि स्टारको क्रेज भन्दा कथा विक्न थालेको छ । यद्यपी राजेश हमाल यस्ता अभिनेता हुन् जसको क्रेज अहिले पनि उस्तै छ । आफुलाई लिएर काम गराउन खोज्ने निर्माताहरुलाई उनले विभिन्न कुरा सुनाएर फर्काउने गरेका छन् । हालै मात्रै एउटा विग ब्यानरको टिम हमाललाई भेट्न पुगेको थियो, तर हमालले यो चलचित्रको स्किृप्ट नपढेरै फर्काइदिएका छन् । यसअघि पनि उनले विभिन्न विग व्यानरका प्रस्ताव सुन्दै फर्काएका थिए ।
निर्णय लिन सकेनन्
चलचित्र बागमती र सकुन्तलापछि अभिनेता हमालले अन्य प्रोजेक्टमा काम गरेका छैनन् । उक्त चलचित्र छायाँकनका बेलामा जुन अपेक्षा गरेका थिए उनले, त्यो भन्दा भिन्न रिजल्ट आएपछि केहि बर्ष चलचित्रमा काम नगर्ने भन्दै बसेका थिए । उनले आफै चलचित्र निर्देशन गर्ने सोँच समेत रहेको बताउँदै आएका छन् । यो चलचित्रका लागी उनि आफै स्किृप्टमा समेत बसिरहेका छन् । हमालको हातमा अहिले एक दर्जन भन्दा धेरै चलचित्रका स्कृप्ट छन् । यद्यपी उनले कुनैपनि चलचित्रमा काम गर्न राजी छैनन् । विभिन्न चलचित्रका अफर आइरहेका छन्, स्क्रिप्ट पनि पढिरहेको छु, उनले भने, ‘पैसा कमाउनका लागी चलचित्रमा काम गर्ने मन छैन, काम गरिसकेपछि चलचित्र चलोस् भन्ने चाहना हो ।’ हमालले फ्लप चलचित्रपछि नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन्, तर निर्णय लिन सकेका छैनन् ।
अझै २ बर्ष काम नगर्ने सम्भावना
२०७३ को भदौ १० मा प्रदर्शन भएको चलचित्र सकुन्तलापछि हमालले मनमनै एउटा निर्णय लिए, ‘५ बर्ष चलचित्रबाट बिश्राम लिन्छु ।’ उक्त चलचित्रपछि उनी सार्वजनिक कार्यक्रमहरु, देश–विदेश घुमघाममा व्यस्त भैरहेका छन् । प्रस्ताव आइरहेका राम्रा ब्यानरका चलचित्रलाई समेत हमालले एकाएक काम नगर्ने भन्दै तर्किएपछि यो कुरा बुझ्न खासै गाह्रो पर्दैन, महानायक हमाल अझैं २ बर्ष काम गर्दैनन् । यद्यपी उनले चित्त बुझ्ने किसिमका चलचित्र पाएको खण्डमा काम गर्न भने राजी रहेको बताउँछन् । चलचित्रबाट केहि समय विश्राम लिएपछि उनले अहिलेसम्म २ दर्जनको हाराहारीमा चलचित्रका स्क्रिप्ट पढिसकेका छन्, यद्यपी कुनैपनि चलचित्रका कथाले उनको मन पगाल्न सकेको छैन ।
हमालको चाहना के ?
भारतका महानायक अमिताभ बच्चनले आफु अभिनित चलचित्र धमाधम फ्लप भएपछि पाँच वर्ष विश्राम लिए । १९९२ देखि १९९६ सम्म विश्राम लिए उनले । १९९२ मा प्रदर्शन भएको चलचित्र खुदा गवाहको असफलतापछि केही वर्ष चलचित्रमा काम नगर्ने निर्णय लिए, तर उनलाई लिन चलचित्र निर्माताहरूको लाइन लागिरह्यो, अमिताभले उनीहरूको कुरा नसुनेजस्तो गरिदिए । तर १९९६ मा उनले आफ्नै ब्यानर एबीसीएलबाट चलचित्र तेरे मेरे सपने निर्माण गरे, यो चलचित्र सुपरडुपर हिट भयो भने १९९७ मा निर्माण गरेको चलचित्र मृत्युदाताले अभिताभको कमब्याकलाई सार्थक बनाइदियो । त्यसपछि अहिलेसम्म अमिताभले चलचित्रबाट अवकाश लिने कुरा सोचेका छैनन्, उनि अझै केहि वर्षका लागि पूर्ण रूपमा व्यस्त छन् । हमाल त्यही कुरा सम्झँदै भन्छन्, ‘वास्तवमा कुरा त्यस्तै–त्यस्तै किसिमको हो, अभिताभ जसरी केही वर्ष आफूलाई चलचित्रबाट टाढा राखेर नयाँ ढंगबाट प्रस्तुत हुनुभयो, त्यस्तै किसिमले मैले पनि अलिकति फरक ढगंवाट चलचित्रमा फर्कनुपर्छ कि भन्ने सोच बनाइरहेको छु ।’ हमाल थप्छन्, ‘वास्तवमा मैले समय सान्दर्भिक चलचित्र खोजिरहेको हुँ, मनले खोजेजस्तो कथा पाएको खण्डमा त केहि न केही निर्णय लिन सकिन्छ नि !'
यो पनि पढौं