साप्ताहिक संवाददाता
उपाधि कायम रहेको अवस्थामा गर्भवती भएपछि मिस बोलिभिया युनिभर्स जोएसी प्राडोको उपाधि खोसिएको छ । पराग्वुयन मोडल रोड्रिगो गिमिन्जसँग रिलेसनसिपमा रहेकी जोएसीले हालै आफू दुई महिनाको गर्भवती भएको कुरा सार्वजनिक गरेलगत्तै उनको उपाधि खोसिएको थियो । उपाधि खोसिए पनि उनीहरूले आफूहरू चाँडै विवाह गर्न लागेको जानकारी गराएका छन् ।
गत वर्ष उपाधि जितेपछि उनले बोलिभियाका तर्फबाट थाइल्यान्डमा भएको मिस युनिभर्समा सहभागिता जनाएकी थिइन् । प्राडो उक्त प्रतियोगितामा सेमिफाइनलसम्म पुगेकी थिइन् । आफू प्रेमी र परिवारको साथका कारण यो अवस्थामा पुगेको र पहिलो पटक आमा बन्न लागेको खुसी लुकाएर राख्न नसकेका कारण सोसल मिडियामा फोटो अपलोड गरेको उनको तर्क छ ।
‘अहिले म सबैको मायाका कारण आफूलाई निकै भाग्यमानी मानिरहेको छु,’ जोएसी भन्छिन् । उनले आफ्नो उपाधि खोसिएको कुराको पुष्टि कतैबाट पनि नभएको बताइन् । प्राडो सन् २०१० मा बोलिभियाको राष्ट्रपति पदमा निर्वाचित इभो मोरालिसको दाहिने हातसमेत मानिन्छिन् ।