साप्ताहिक संवाददाता
गायक हेमन्त शर्माले मजदुर दिवसको पूर्व सन्ध्यामा मजदुर सम्बन्धि एउटा गीत सार्वजनिक गरेका छन् । मजदुर दिवसको अधिल्लो दिन गायक शर्माले सार्वजनिक गरेको उक्त गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा पनि मजुदुरको कथालाई समावेश गरिएको छ ।
मजदुर दिवसकै अवसर पारेर सार्वजनिक गरिएको गीतका शब्दहरुले कयौं मजदुरहरुलाई प्रोत्साहन समेत मिल्ने देखिन्छ । उनले गीत मार्फत साना– साना उपलब्धिहरुमा पनि खुशी मिल्ने भाव प्रस्तुत गरेका छन् । गायक शर्माले सार्वजनिक गीतलाई जनताको गीत भनेका छन् । गीतको म्यूजिक भिडियोमा गायक शर्मा गायककै भूमिकामा प्रस्तुत भएका छन् ।
पछिल्लो समय कलाकारहरु कुनै न कुनै राजनितीक पार्टी निकट भैरहेका बेला उनले कलाकार पनि स्वतन्त्र हुनु पर्ने भाव गीत मार्फत ब्यक्त गरेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो गायक शर्मालेनै निर्देशन गरेका हुन् ।
स्वतन्त्र गीतको म्यूजिक भिडियो :