साप्ताहिक संवाददाता
सोनम कपुर र आनन्द आहुजाका केही तस्बिर सोसल मिडियामा भाइरल भैरहेका छन् जसमध्ये एक तस्बिरमा आनन्द घुँडा टेकेर पत्नी सोनमको जुत्ताको तुना बाँधिरहेका देखिन्छन् । वास्तवमा आनन्दले नयाँ दिल्लीमा जुत्ताको एउटा नयाँ स्टोर खोलेका छन् । स्टोरको ओपनिङमा पति–पत्नी दुवै पुगेका थिए ।
जब आनन्दले पत्नी सोनमको जुत्ताको तुना खुल्लै देखे, उनले तुरुन्त घुँडा मारेर उनको तुना बाँधिदिए । लगत्तै उनीहरू दुवैले एक–अर्कालाई अंकमाल गरे । सोसल मिडियामा भाइरल भैरहेको उक्त तस्बिरमा अहिले थुप्रैले कमेन्ट गरिरहेका छन् । एक जनाले सोनमलाई सल्लाह दिँदै लेखेका छन्, ‘लाज मान, पतिलाई खुट्टामा हातले छुन लगाउनु हुँदैन ।’
अर्का एक प्रयोगकर्ताले भनेका छन्, ‘घरबाटै तुना बाँधेर आउन लाज लागेको थियो ?’ भनेर प्रश्न गरेका छन् । अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यी विचरालाई नोकर बनाएर राखिएको छ ।’ अर्कोले थपेका छन्, ‘अब यही काम गर्न बाँकी थियो ।’ कतिपयले भने ब्रान्डको पब्लिसिटीका लागि यस्तो स्टन्ट गरिएको बताइरहेका छन् । जे भए पनि यो तस्बिर भाइरल भएसँगै उनीहरूको ब्रान्डको प्रमोसन भने सफल भएको छ ।