साप्ताहिक संवाददाता
इस्लामिक कानुन मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा सेल्फी लिँदा सामान्य नियम पालना नगरे करोडौं रुपैयाँ जरिवाना तिर्नुका साथै जेल सजायसमेत हुन सक्छ ।
युएईले हालै ल्याएको कानुनअनुसार कुनै पनि व्यक्तिले सेल्फी लिने क्रममा अपरिचित व्यक्तिको फोटो खिचे वा उक्त फोटोमा सम्बन्धित व्यक्तिले आपत्ति जनाए न्यूनतम ५ लाख दिराम (१ करोड ५० लाख रुपैयाँभन्दा बढी) देखि १० लाख दिराम (३ करोड १ लाख ६० हजार रुपैयाँ) सम्म जरिवाना तथा ६ महिनासम्म कैद सजाय हुनसक्छ ।
सेल्फी खिच्ने क्रममा कुनै अपरिचित व्यक्तिले आफूलाई उक्त तस्बिरमा कैद गरेको सूचना प्रहरीलाई दिएको खण्डमा यो कानुन सक्रिय हुने जनाइएको छ ।
यस्ता किसिमका घटना धेरै भएको स्थानीय प्रहरीले बताएको छ । पार्क, समुद्री तट तथा पार्टीहरूमा खिचिएको सेल्फीमा यस्ता किसिमका घटना बढी हुने स्थानीय वकिलहरूले जनाएका छन् ।