साप्ताहिक संवाददाता
अभिनेत्री सोनाक्षी सिन्हाले परिवार तथा साथीभाइले आफूलाई सधैं आफ्नो धरातलसँग जोडिराखेको कुरा बताएकी छिन् । सिन्हाले त्यही कारणले अभियनप्रतिको आफ्नो जोस सधैं कायम रहेको दाबी गरेकी छिन् । सोनाक्षी सेलिब्रेटीहरूको नखराबाट अगल हुँदै सधैं कसरी मुस्कुराइरहेकी हुन्छिन् भने प्रश्नमा सोनासीले भनिन्, ‘यसको कारण सायद यो होकि म सधैं त्यही काम गर्छु, जुन मलाई मन पर्छ । मेरा लागि मेरो पहिलो फिल्मजस्तै हरेक चलचित्र नयाँ हुन्छ, म आफ्नो भूमिकाका बारेमा जान्ने प्रयास गर्छु, त्यसमै बाँच्छु, ताकि स्क्रिनमा मेरो काम वनावटी नलागोस् ।
म काँचो माटो जस्तै छु जसको प्रयोग म आफूलाई आफ्नो भूमिकामा ढाल्न प्रयोग गर्छु ।’ सिन्हा आफ्नै व्यक्तिगत जीवनका बारेमा भन्छिन्, ‘व्यक्तिगत जीवनमा मेरा मातापिता, भाइ र मेरा साथीसँगी, मेरो बाल्यकाल र फिल्मी संसार बाहिरका साथीहरू, कोही पनि कहिल्यै मसँग स्टारजस्तो गरी प्रस्तुत हुँदैनन्, उनीहरूले मलाई सधैं जमिनसँग जोडेर राख्छन् ।
उनीहरूका लागि म उही सोना हुँ जसलाई उनीहरू चिन्छन् ।’ लोकप्रिय अभिनेता शत्रुध्न सिन्हाकी छोरी सोनाक्षीका अनुसार सत्यसँग जोडिरहन चाकडी गर्ने मानिसहरूबाट टाढा रहनुपर्छ । ‘जो मेरा आफ्ना हुन्, उनीहरूले मलाई माया गर्नुका साथै मेरो आलोचना पनि गर्छन्,’ सोनाक्षी भन्छिन् ।