साप्ताहिक संवाददाता
वैशाख १९, २०७६
भुलेर पनि सामान्य १२३, ०००, Abcd, आफ्नो ठाउँको नाम जस्ता पासवर्ड राख्नु हुँदैन । ह्याकरले सबैभन्दा पहिले यस्तै पासवर्ड प्रयोग गर्छन् ।
जति लामो र विशेष नाम भएको पासवर्ड राखिन्छ, उति नै सुरक्षित हुन्छ ।
आफ्नी श्रीमती, सन्तान, आफूबाट बारम्बार दोहोरिएर बोलिने शब्द तथा आफ्नो नामलाई कहिल्यै पासवर्ड बनाउनु हुँदैन । यस्ता पासवर्ड आफ्नो परिवारलाई नजिकबाट चिन्ने ह्याकरले सजिलै थाहा पाउन सक्छन् ।
अंग्रेजी अक्षर वा नम्बरको पासवर्ड राख्दा बीचमा अर्को कुनै भाषाको एक–दुईवटा अक्षर घुसाइयो भने पासवर्ड सुरक्षित हुन्छ ।
कुनै पनि ठाउँमा पासवर्ड लेखेर राख्नु हुँदैन । यदि राख्नैपर्ने भयो भने कसैले अनुमान लगाउन नसक्ने गरी उल्टोपाल्टो वा बीचमा सम्झने गरी अन्य अक्षरहरू थपेर राख्नुपर्छ ।