वैशाख २१ गते : मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन । वैशाख २४ गते : अक्षय तृतीया ।
मेष
आफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । सभा–सेमिनार आदिमा सहभागी हुने अवसर प्राप्त होला । रातो रंगको प्रयोगले कुनै पनि कुराबाट उचित लाभ लिन सकिनेछ । सप्ताहन्तमा पाहुनाहरूसँग भेटघाट हुने अवसर जुट्न सक्छ ।
वृष
सरोकार नभएको विषयमा चासो नराख्दा नै बेस होला । परिस्थितिअनुसार चल्न नसक्दा अवसर गुम्ने खतरा छ । सोमबारपछि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ । मनोरन्जन तथा जलक्रीडा गर्दा स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । घरायसी व्यवहारको खिचलोबाट टाढा रहनु नै उचित हुन्छ ।
मिथुन
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त भै बाधाहरू स्वतः फुकुवा हुनेछन् । परिश्रमअनुरूप फल पाइनेछ । खर्च बढ्नाले मंगलबारपछि धनको अभाव महसुस हुनेछ । प्रतियोगिताहरूमा आफ्नो भूमिका अग्रणी हुनेछ । साताको अन्त्यमा नाम, दाम तथा इनाम हात पर्न सक्छ ।
कर्कट
आध्यात्मिक चिन्तन, योग तथा ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भावी मार्ग पहिल्याउन सहज बनाउनेछ । असहज परिस्थितिलाई आत्मसात् गर्दा आकस्मिक लाभ हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै प्रतिष्ठित कार्य प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।
सिंह
अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । अभिभावकहसँग सामान्य खटपट हुनसक्छ भने आफ्ना कमजोरीप्रति उहाँहरूको गुनासो बढ्न सक्छ । साताको अन्त्यमा राम्रै आम्दानी गर्ने अवसर जुर्नेछ ।
कन्या
योग, ध्यान तथा भ्रमण गर्न सके तनाव कम होला । मित्रवर्ग स–साना त्रुटि औंल्याउँदै टाढिन सक्ने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।
तुला
जीवनशौली परिर्वतन गर्ने हितैषीहरूको सुझाव अवलम्वन गर्नु हितकर हुन्छ । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । साताको अन्त्यमा मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन कसिन सक्छ ।
वृश्चिक
योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन । प्रेमी–प्रेमिकाको सहयोगमा महत्वपुर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता हात पर्नेछ । चिसो तथा राति अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । सूर्य देवको सेवाले प्रायः समस्या निराकरण हुनेछन् ।
धनु
झन्झटिला कार्यको बोझ आइलाग्दा सचेत भै कार्य सम्पन्न गर्नुपर्नेछ । मित्रको सल्लाहअनुरूप विदेशमा अध्ययनको मौका जुर्न सक्छ, विलम्ब नगर्नुहोला । परिस्थितिलाई वेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । कालो रंगको सवारी साधन नचलाउनु नै उचित हुन्छ ।
मकर
आफूसँग भएको क्षमता प्रदर्शन गरी सफलता प्र्राप्त गरिनेछ । असहज परिस्थतिबाट उम्कन सोचेभन्दा बढी खर्च गर्नुपर्नेछ । उपल्लो दर्जाका विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्याउनेछ । परोपकारमा रुचि बढ्नेछ ।
कुम्भ
रोजगारीको नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रको लगानीले विदेश भ्रमणको अवसर जुराउनेछ । प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ ।
मीन
मन मिल्ने साथीले वचन फेर्दा आफूलाई चोट पुग्न सक्छ । मझौला तथा साना दुवै खाले लगानीबाट आर्थिक लाभ हुनेछ । आफनो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन्, ध्यान दिनुहोला । सम्पन्न हुन लागेको कार्य पारिवारिक खिचातानीले अवरुद्ध हुनसक्छ ।