साप्ताहिक संवाददाता
अभिनेता सौगात मल्लले यो वर्ष निकै सक्रिय हुने सम्भावना देखाएका छन् । अघिल्लो वर्ष जम्मा एउटा मात्र चलचित्रमार्फत दर्शकमाझ आएका सौगातले यो वर्षको प्रारम्भमै तीन भिन्न चलचित्रमा अभिनय गर्ने सम्भावना छ ।
अघिल्लो वर्ष नै अभिनय गर्ने तय भएको चलचित्र ‘लप्पन छप्पन–२’ को छायांकन केही महिनापछि मात्र हुने भएपछि सौगातले नयाँ वर्षको पहिलो साता राम राम तथा पोइ पर्यो कालेको कन्ट्र्याक्ट साइन गरेका छन् । चलचित्र राम रामको निर्देशन सुवर्ण थापाले गर्दैछन् । यसअघि सौगातले सुवर्णको चलचित्र फन्कोमा काम गरेका थिए ।
चलचित्र राम–रामको कथा तथा पटकथा दिनेश महतले तयार पारेका हुन् । उक्त चलचित्रमा सौगातको जोडी भने टुंगो लागेको छैन । यता शिशिर राणाले निर्देशन गर्ने चलचित्र पोइ पर्यो कालेमा भने सौगातले आफ्नै प्रेमिका तथा अभिनेक्री सृष्टि श्रेष्ठसँग अनस्त्रिन रोमान्स गर्ने निश्चित भएको छ ।