साप्ताहिक संवाददाता
वैशाख २०, २०७६
आधुनिक, लोक तथा चलचित्रका गीतले दर्शकको मन जितिरहेका बेला गायक आनन्द कार्की भने गजलतर्फ आकर्षित भएका छन् ।
लामो समयपछि सुनिएको उक्त गजलको शीर्षक चुपचाप छौ तिमी...राखिएको छ । गीतकार सूदन डोटेलले रचना गरेका शब्दको उक्त गजललाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन् । कम समयमै दर्शकको रोजाइमा परेको उक्त गजलको म्युजिक भिडियो समेत रोचक छ ।
अभिनेत्री सारिका घिमिरे तथा अभिनेता श्रीदेव भट्टराईसहित करिब एक दर्जन कलाकारले अभिनय गरेको उक्त भिडियोको निर्देशन संगीतकार प्याकुरेलले नै गरेका हुन् । गायक कार्कीले लामो समयपछि आफूले गाएको उक्त गजलका शब्द श्रोताहरूले मन पराएको प्रतिक्रिया दिएका छन् ।