साप्ताहिक संवाददाता
साँच्चै भनौं, प्रेस स्वतन्त्रता अहिले एकदमै राम्रो स्थितिमा छ । सरकारले गर्न नसकेको काम प्रेसले गरिदिएको छ । प्रेसले प्रतिपक्षीको भयङ्कर ठूलो भूमिकासमेत निर्वाह गरेको छ । अदालतले फैसला गर्नुपूर्व पत्रकार महोदयहरू आफैंले कतिपय मुद्दाको छिनोफानो गरिदिनुभएको छ । त्यसैले प्रेस स्वतन्त्रता एकदमै मजबुत छ ।
सपना
प्रेस स्वतन्त्रताको अर्थ नबुझ्दा केही पत्रकारले समाचारको बलात्कार गरेका छन् । स्वतन्त्रताको नाउँमा छाडातन्त्र एवं मनपरीका कारणले यथार्थ घटना ओझेलमा परेका छन् ।
प्रकाश
कतै राम्रो उपभोग भैरहेको देखिन्छ भने कतै दुरुपयोग पनि भएको छ ।
विश्वास पौडेल
यो देशमा सबैभन्दा राम्रो उपभोग प्रेस स्वतन्त्रताको नै छ । एउटै विषयलाई हरेकले आ–आफ्नो तरिकाले व्याख्या गर्नु हाम्रो पत्रकारिताको उल्लेख्य कार्य हो ।
मुक्ति नेपाली
कहिलेकाहीं उपभोग नभएको देखिन्छ, तर कहिलेकाहीं सीमाभन्दा बढी उपभोग भएको पाइन्छ ।
शार्दूल
गोकुल बाँस्कोटाज्यूसँग सोध्ने प्रश्न रहेछ यो । स्वतन्त्रतामाथि अंकुस लगाउने प्रयास बढिरहेको छ, बेलैमा ध्यान केन्द्रित होस् । चिनी धेरै भए गुलियो हुन्छ, धेरै गुलियो खायो भने सुगर लाग्छ, अनि जीवन समाप्त हुन्छ । त्यसैले स्वतन्त्रता भन्दैमा हद पार गर्नु पनि राम्रो हुँदैन ।
थापाजी
प्रेस स्वतन्त्रताको प्रयोग अलि धेरै भएको छ । खासगरी अनलाइनमा । नानाभाँती शीर्षक राखेर पाठकहरूलाई दिग्भ्रमित गरिरहेका छन् ।
डीबी गुरुङ
स्वतन्त्रताको दुरुपयोग बढ्दो छ ।
सुदर्शन
प्रेस स्वतन्त्रताको चरम दुरुपयोग भैरहेको प्रस्टै छ त ।
सन्तोष देवकोटा
बढी स्वतन्त्रता उपभोग गर्दा आजभोलि राम्रा विषय पनि ओझेलमा परेका छन् । समाचार बेच्ने नाममा जस्ता पायो त्यस्ता अनलाइन खोलेर जे पायो त्यही पोस्टिएका छन् । कुन कुरा पत्याउने, कुन नपत्याउने ? पाठकहरू दोधारमा छन् ।
अनिल खरेल
प्रेस स्वतन्त्रताको उपभोग त बबालै भा’छ । त्यो देखेर मलाई पनि पत्रकार बन्न मन लागेर आउँछ । पुलिसले नगरेको काम र न्यायालयले फैसला नगरेको कुरामा निर्णय लेख्ने हिक्मत राख्छ हाम्रो पत्रकारिताले । खोज पत्रकारिताको त हिसाब नै बेग्लै ।
कृष्णजी अन मुड
छैन, पत्रकारलाई अझ बढी स्वतन्त्रता दिनुपर्छ । देश विकासमा मिडियाको निकै ठूलो भूमिका हुन्छ ।
बाबुराम घिमिरे
नेताहरूलाई खिच्चा बनाउने, सामाजिक सञ्जालमा विकृति ल्याउने तथा घटनाहरूलाई अतिरञ्जित गर्ने जस्ता कार्यमा उपभोग भैरहेको पाउँछु प्रेस स्वतन्त्रताको ।
उमेश थापा
आवश्यकताभन्दा बढी स्वतन्त्रता भयो । कटौती गर्नुपर्ने देखिन्छ ।
दर्शनबाबु गौतम
सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सीधा प्रश्नमा एउटा कडा प्रश्न सोधेको भरमा भोलिपल्टै कार्यक्रम बन्द भनियो, आखिर ऊक्त कार्यत्रम नै खारेज गरियो । कसरी बुझूँ, यो संयोग थियो कि नियतवश ?
हरि थापा
प्रेस कमाउने धन्दा भएको छ, सत्य र निष्पक्षभन्दा पनि स्वार्थप्रेरित पत्रकारिता चलिरहेको छ ।
निर्मलकुमार र्ग्मी
प्रेस स्वतन्त्रता पढ्न र सुन्न पाइन्छ, तर ठूलाबडा, दलाल, नेता तथा राजनीतिज्ञहरूका बारेमा सत्यतथ्य समाचार लेख्दा विभिन्न किसिमका डरधम्कीलगायत पक्राउसम्म भएको देखिन्छ भने केही पत्रकारको लेखाइले गर्दा समाचारको विश्वसनीयतामाथि नै आँच पुर्याएको पाइन्छ ।
विपुल थापा विकास
प्रेस स्वतन्त्र होइन, उत्ताउलोचाहिँ भएको छ ।
सचित श्रेष्ठ
वास्तवमा घिउ नपचेजस्तै भा’को छ । सकारात्मकभन्दा नकारात्मकतामा उपभोग भएजस्तो लाग्छ ।
रामचन्द्र तिमल्सिना
स्वतन्त्रता ठीकै छ, तर पत्रकारहरू अलि सचेत हुने कि ?
लोक तामाङ योन्जन
प्रेस स्वतन्त्रताको नाममा अनलाइन मिडिया तथा निजी एवं पार्टीसम्बद्ध सञ्चारमाध्यमले भ्रामक, कपोलकल्पित, आतंक फैलाउने, विखण्डनकारीहरूको पक्षपोषण गर्ने, धार्मिक तथा जातीय विद्वेष फैलाउने खालका समाचार एवं हल्लालाई संगठित रूपमा सम्प्रेषण गरिरहेका छन् । यस्तो स्थितिलाई प्रेस स्वतन्त्रता भन्ने र ?
अन्जान गुरुङ
स्वतन्त्रताका नाममा जे मन लाग्यो त्यही लेख्ने र देखाउने भएको छ, भारतको भन्दा कम छैन, नेपालको मिडिया पनि ।
गौतम गणेश
सानातिना घटनामा पूर्ण स्वतन्त्रता छ, तर ठूल्ठूला घोटाला र जघन्य आपराधिक घटनामा प्रेस स्वतन्त्र छैन ।
रमन श्रेष्ठ