साप्ताहिक संवाददाता
बलिउड चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’ को २.३० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ । धेरैलाई थाहा नभएको कुरा के हो भने यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । भारतमा बम हमला गरेर नेपाल छिरेका आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा नेपालका विभिन्न स्थान देख्न सकिनेछ ।
अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतका कलाकार अभिनित चलचित्रमा नेपाली कलाकार कमलमणी नेपाललाई पनि देख्न सकिनेछ, नेपाल ट्रेलरमा समेत अटाएका छन् । २००७ देखि २०१३ को बिचमा भएको सत्य घटना चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ । खासगरि हैदराबाद, जयपुर, दिल्ली, अहमदाबाद, पुणे, बैगलुरु लगायतका स्थानमा भएका दर्जनौं घटनामा ८ सय १० जना घाईते भएका थिए भने ४ सय ३३ जनाको मृत्यु भएको थियो ।
यो चलचित्र नरेन्द्र मोदीको बायोपिकमा निर्माण भएको पि एम नरेन्द्र मोदीसँग मे २४ मा भिडन्त गर्ने भएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरित भएको भन्दै नरेन्द्र मोदीको उक्त चलचित्रलाई रोक लगाएको थियो ।
यो चलचित्रलाई फक्स स्टार स्टूडियोले निर्माण गरेको हो भने राजकुमार गुप्ताको लेखन तथा निर्देशनमा निर्माण भएको हो ।
यो पनि पढौं