साप्ताहिक संवाददाता
आमाले भन्नुभएको के कुरालाई बढी महत्त्व दिनुहुन्छ अथवा बारम्बार याद गरिरहनुहुन्छ ?
जुन जोगी आए पनि कानै चिरिएका भन्नुहुन्थ्यो । उहाँ यो उखान दिनमा ८/१० पटक बोल्नुहुन्थ्यो, आमा मेरो फस्ट एन्ड लास्ट लभर हो ।
किरण केसी, हास्यकलाकार
पढ्नुपर्छ, ज्ञानभन्दा ठूलो सन्सारमा केही छैन, आत्मनिर्भरताभन्दा ठूलो सहारा कोही हुँदैन भनेर सधैं झकझकाइरहनुहुन्छ ।
रन्जना निरौला, साहित्यकार
मेरी आमाले भनेको प्रायः सबै कुरा महत्वपूर्ण नै लाग्छ । किनभने आमाले निःस्वार्थ सल्लाह दिनुहुन्छ । जसमध्ये सबैभन्दा बढी उहाँले मलाई केयर गरेको र सधैं हौसला दिने गरी गरेका कुरा स्मरणीय छ ।
समिक्षा पोखरेल, मोडल
आफ्नो ख्याल गर, समयमा खाऊ, समयमा घर आऊ, आफ्नो इमानमा बस भनेर दिने अर्ती खुब सम्झन्छु ।
अनिता चलाउने, गायिका
म अलि विक छु त्यसकारण आमाले समय–समयमा खानू, मान्छे भएर आफैं ज्यून सक्ने हुनुपर्छ, अरुको भरमा बस्नु हुँदैन भन्नुहुन्छ ।
सरु बुढा, नर्स
म धेरैजसो घरबाहिर हुने हुँदा साँझ छिट्टै आऊ भन्नुहुन्छ, ढिलो भयो भने अबेरसम्म पनि कुरेर खाना नखाई बस्नुहुन्छ, जति ढिलो भए पनि घर जानैपर्छ ।
किशन सुनार, अभिनेता
ठूलो मान्छे होइन, असल मान्छे बन ।
शिखर सन्तोष, संगीतकार
मेरा बाबा–आमाका नौ जना सन्तान, बाबाआमाले बालिघरे प्रथामा कपडा सिलाएर हामीलाई हुर्काउनुभएको हो रे । सबैलाई स्कुल पढाएकी मेरी आमालाई गाउँलेहरू बारम्बार भन्थे— छोरी पढाएर के गर्छौ ? आमा भन्नुहुन्थ्यो— छोरी पढाएर के गर्छेस् भन्ने समाजलाई तिमीहरूले देखाउनुपर्छ । म यो कुरा बारम्बार सम्झिरहेकी हुन्छु ।
बिन्दु परियार, सामाजिक अभियन्ता
म सानोमा एकदम डराउने स्वभावको थिएँ, मेरी मामुले मलाई छोरा मान्छे सानोतिनो कुरामा डरा’को राम्रो होइन, मुटु दर्हो पार्नुपर्छ भन्नुहुन्थ्यो । यही कुराले मलाई सधैं बलियो बनाइरहन्छ । यही कुराले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ ।
प्रहिल कार्की, भिजे
जुनसुकै काम गर्नुअघि तीनटा कुरा सधैं याद राख्नु, पहिलो म को हुँ, दोस्रो अहिले मैले के गर्नुपर्ने हो र म अहिले के गरिरहेकी छु । यी कुराले कहिल्यै गल्ती हुन दिँदैन भन्नुहुन्थ्यो ।
जानकी पन्त, गायीका
बाँच्नका लागि केही राम्रो कुरा भन्नु, मर्ने बेलाका लागि केही राम्रो बनाउनु, मरेपछि तिमीलाई कसैले सम्झिरहोस् । सधैं पपुलारिटी नहेर्नु, आफूलाई मानिसले मन–मस्तिष्कबाट सम्झने व्यक्ति बनाउनु ।
लसता जोशी, गायक
इमान्दार हुनु, सुखमा नमात्नु, दुःखमा नआत्तिनु भन्नुहुन्थ्यो ।
नीता ढुंगाना, अभिनेतृ
कहिलेकाहीँ हाम्राबारेमा उहाँले राख्नुभएको जिज्ञासामा हजुरलाई आवश्यक नै छैन, नचाहिँदो कुरामा किन दिमाग दुखाउनु भनेर गाली गर्दा र झर्को मान्दा तिमीहरू आमा बनेसी था’पाउँछौं भन्नु हुन्छ जसले झसङ्ग पार्छ र आमाप्रतिको भावनामा आफू चुकेको हो कि भन्ने बोध भैरहन्छ ।
नानी थापा, रंगकर्मी
जीवन संघर्षको चाङ्ग हो । निरन्तर संघर्ष गर्नु, कहिलै निराश नहुनु भन्नुहुन्थ्यो । यी कुरालाई मैले सधैं आत्मसाथ गरेकी छु ।
रेखा शाह, गायिका
आफूले गर्न खोजेको कुरा सफल बनाउने हो भने एकोहोरो आफ्नो उद्देश्य प्राप्तमा लागिरहनु पर्छ भनेर सुझाव दिइरहनु हुन्छ ।
दीपक घिमिरे, मोडल
कहिल्यै बाटो नबिराउनु, आफूलाई इच्छा भएको कुरामा मेहनत गर्नु । आमाको नाक काट्ने काम कहिल्लै नगर्नु भन्नुहुन्थ्यो ।
पल्पसा डंगोल, हास्य