साप्ताहिक संवाददाता
आफूलाई जन्म दिने आमा सबैलाई प्यारी लाग्छिन् । आमाका सम्बन्धमा नकारात्मक दृष्टि राख्ने सन्तान संसारमा सायदै हुन्छन् । सँगै रहेका सन्तान हुन् वा टाढा रहेका, सबैले दैनिक एकपटक आफ्नी आमालाई सम्झिएकै हुन्छन् । यद्यपि विश्वका धेरै देशमा सबैले एकैपटक सम्झना गर्ने छुट्टै आमा दिवस अर्थात् मदर डे नै तोकेका छन् । यसरी फरक–फरक समयमा, फरक सन्दर्भमा आमालाई संसारभर सम्झना गरिएको पाइन्छ ।
नेपालमा हिन्दू धर्मावलम्बीहरूले वैशाख कृष्णपक्षको औंसीको दिन आमाको मुख हेर्ने दिनका रूपमा मदर्स डे मनाउँछन् । यो दिनलाई मातातीर्थ औंसी पनि भनिन्छ । यो दिन आमा हुनेले बिहान उठेर आमालाई ढोगभेट गरी आफ्नै हातले बनाएको परिकार ख्वाउने चलन छ भने आमाको मृत्यु भैसकेकाहरूले भने विभिन्न मन्दिरमा पुगेर आमालाई सम्झँदै पूजापाठ गर्छन् ।
कुन देशले कहिले मनाउँछन् आमा दिवस ?
नर्वेमा फेब्रुअरीको दोस्रो आइतबार
जर्जियामा ३ मार्च
अफगानिस्तान, अल्वानिया, अमेरिका, अजरबैजन, बेलारुस, बोस्निया हर्जगोविना, बुल्गेरिया, बुरुन्डी, ब्रकिनाफासो, काजकस्तान, कोसोभो, लाओस, म्यासेडोनिया, मोल्डोभा मोन्टेनिग्रो रोमानीया, सार्विया, उज्वेकिस्तान तथा भियतनाममा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।
आयरल्यान्ड, नाइजेरिया, युके आदिमा मार्चको चौथो आइतबार मोदरिङ सन्डेका रूपमा मनाइन्छ ।
२० वटा अरेबियन देशमा मार्च २१ का दिन आमालाई सम्झिइन्छ ।
स्लोभानियामा २५ मार्चलाई आमालाई सम्झने दिनका रूपमा लिइन्छ ।
अर्मेनियामा ७ अप्रिलको दिन मातृत्व तथा सुन्दरता दिवस मनाइन्छ ।
अंगोला, हंगेरी, मोजाम्बिक, पोर्चुगल तथा स्पेनमा मे महिनाको पहिलो शनिबार आमाको सम्झना गरिन्छ ।
साउथ कोरियामा ८ मेलाई अभिभावक दिवसका रूपमा मनाइन्छ, जसमा विशेष गरी आमालाई मुख्य अभिभावक मानिन्छ ।
सबैभन्दा बढी देशले मेको दोस्रो आइतबारलाई आमा सम्झने दिनका रूपमा लिन्छन् । छिमेकी देश भारत, पाकिस्तान, बंगलादेश, अमेरिका आदि करिब ९५ वटा देशले यो दिनलाई आमा विशेषका रूपमा मनाउने चलन छ ।
पोर्चुगल– १५ मे
रसिया– १९ मे
इजरायल– २२ मे
पोल्यान्ड– २६ मे
बोलिभिया– २७ मे
अल्जेरिया, क्यामरुन, डोमेनिकन रिपब्लिक, फ्रान्स, माले, मोरक्को, नाइजेरिया, हैटी, सेनेगल, स्वीडेन तथा ट्युनिसियाले मेको अन्तिम सन्डेलाई आमा सम्झने दिवसका रूपमा मनाउँछन् ।
मंगोलियामा १ जुनमा आमा तथा बच्चा दिवसका मनाइन्छ ।
लक्जेम्बर्गमा जुनको दोस्रो आइतबार तथा साउथ सुडानमा जुलाईको पहिलो सोमबार आमा दिवस मनाइन्छ
थाइल्यान्डमा १२ अगस्टमा त्यहाँकी रानीको जन्मदिनका दिन आमाको सम्झना गरिन्छ ।
कोस्टारिका र बेल्जियममा– १५ अगस्टमा
१४ अक्टोबरमा बुल्गेरिया
मालावीमा १५ अक्टोबर
अर्जेन्टिनामा अक्टोबरको तेस्रो आइतबार
टिमोरलिस्टेमा ३ नोभेम्बर
नर्थ कोरियामा १६ नोभेम्बर
पानामामा ८ डिसेम्बर
इन्डोनेसियामा २२ डिसेम्बर