साप्ताहिक संवाददाता
वैशाख २१, २०७६
यू–१९ विश्वकप छनौटमा असफलतापछि फर्किएका नेपाली खेलाडीको अनुहार खुबै मलिन थियो । उनीहरूको अनुहारमा हाँसो थिएन । मलेसियाबाट नेपाल फर्किएको टिमको स्थिति वास्तवमै नाजुक थियो । भर्खर एउटा अर्को उमेर समूहको क्रिकेट सम्पन्न भएको छ र संयोगले त्यसमा नेपाल विजयी रह्यो ।
नेपाल थाइल्यान्डमा भएको प्रतियोगिता एसीसी यू–१६ इर्स्टन रिजनको डिफेन्डिङ च्याम्पियन पनि हो, त्यस अर्थमा नेपालले आफ्नो उपाधिको रक्षासमेत गर्यो । नेपालले फाइनलमा मलेसियालाई हराएको थियो र पूरा प्रतियोगितामा नेपालले सबै खेल जित्यो । जति बेला यही टिम त्रिभुवन विमानस्थलमा ओर्लियो तब सबै खेलाडी तथा प्रशिक्षकको अनुहारमा खुसी मात्र देखिन्थ्यो ।