साप्ताहिक संवाददाता
वैशाख २२, २०७६
म्युजिक भिडियो तथा चलचित्रलाई बराबर समय दिँदै आएकी अभिनेत्री प्रियंका कार्की पुनः एकपटक आइटम गर्लका रूपमा दर्शकमाझ आएकी छिन् । अघिल्लो साता सार्वजनिक भएको एन्टिबायोटिक खाउँला... गीतमा प्रियंकाले आइटम डान्स गरेकी छिन् ।
उनको पहिरन तथा नृत्य गर्ने शैलीमा कामुकता झल्कन्छ । एउटा रेस्टुराँको गार्डेनमा चलचित्रका खलनायकहरूको भेटघाटका बीच प्रियंकाले नृत्य गरेर उनीहरूको मन बहलाउँछिन् ।
चलचित्र दाल भात तरकारीको उक्त गीतमा मिना निरौलाको स्वर छ भने हरिवंश आचार्यको शब्द तथा शम्भुजित बाँस्कोटाको संगीत सुन्न सकिन्छ । प्रियंकाको यो आइटम डान्स चितवनमा छायांकन गरिएको हो ।