साप्ताहिक संवाददाता
गायक सबिन लामा ‘काठमाडौं शहर’ शीर्षकको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । राम लामा अविनासीका शब्दको उक्त गीतमा वैदेशिक रोजगारीका पीडालाई समेटिएको छ ।
सानो पाइला गीति एल्बममा संग्रहित उक्त गीतलाई किशन गुरुङ र सबिन लामाले संगीतबाद्ध गरेका हुन् । साउण्डमिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई द एक्स ब्याण्डका सजल राजभण्डारीले संगीत संयोजन गरेका हुन् ।
गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा कलाकारहरु सुशिल रैगमी, भावना पाठक तथा रोजित खत्रीले जीवन्त अभिनय गरेका छन् ।
नेपाल तथा कतारमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बुवा आमालाई काठमाडौं शहरमा राखेर वैदशिक रोजगारीमा गएका छोराको संघर्षलाई देखाइएको छ ।
गायक सबिन लामाकै कथा तथा निर्देशन तयार भएको उक्त म्युजिक भिडयोलाई सागर गौतमले छायांकन गरेका हुन् । राजकुमार मगर उक्त भिडियोका सम्पादनक हुन् ।
काठमाडौं शहरको म्यूजिक भिडियो :