इटालियन परिकार पिज्जाका पारखीहरूलाई मध्यनजर गर्दै बुटवलमा पिज्जा प्लाजा क्याफेले सेवा शुभारम्भ गरेको छ । क्याफेमा पिज्जाका १५ स्पेसल भेराइटी उपलब्ध हुनेछन् । पिज्जाको वास्तविक स्वाद दिने गरी भट्टीमा पिज्जा तयार गरिने सञ्चालक सूर्यप्रसाद खरेलले बताए ।
क्याफेको स्वागतद्वारमै आकर्षक र आधुनिक भट्टी छ जहाँ पिज्जा तयार गरिन्छ । बुटवलवासीका लागि यस्तो भट्टी नौलो र नयाँ सेवा हो । अहिले नेपाली युवाहरू स्वदेशमै लगानी गर्न आकर्षित छन् ।
यस क्रममा काठमाडौंबाहिर विराटनगर र बुटवलमा पिज्जा पारखीको मागलाई ध्यानमा राखेर यस्ता क्याफे सञ्चालनमा ल्याइसकिएको छ । चार जना युवा सूर्यप्रसाद खरेल, कृष्णप्रसाद पौडेल, हरि ज्ञवाली र कृष्णप्रसाद बेल्बासेले यो पिज्जा प्लाजा क्याफे सञ्चालनमा ल्याएका हुन् । करिब १ करोड ५० लाखको लागतमा लिजको १ कठ्ठा क्षेत्रफलमा पूर्वाधार निर्माण गरिएको छ ।
अहिले पिज्जा प्लाजामा पारखीहरूको भीड लाग्ने गरेको छ । पिज्जासँगै यहाँ खाजाका अन्य सबै आइटम उपलब्ध हुन्छन् । इटालियन नास्ता पिज्जा, पास्ता, कफी, मःम, चिसो, तातोका सबै परिकार यहाँ उपलब्ध छ । क्याफेमा दैनिक लाइभ संगीतसँगै पेय पदार्थ तथा हुक्काको आनन्द उठाउन सकिन्छ । यहाँ चार जना कुकसहित १६ जनाले रोजगारी पाएका छन् ।